हाङचउ (चिन), १६ असोज । चीनको होङचउमा जारी रहेको १९ औं एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत मंगलवार विहान भएको क्वाटरफाइनलमा भारतद्धारा नेपाल २३ रनबाट पराजित भएका छन् ।
मंगोलिया र मालदिभ्सलाई हराएर क्वाटरफाइनलमा प्रवेश गरेका नेपाललाई निकै बलियो मानिएको भारतीय क्रिकेट टिम संग खेल्नु पर्यो । भारतीय टिममा ७० प्रतिशत टि २० का उत्कृष्ट खेलाडीहरु सम्मिलित टिम सामु नेपालले उत्कृष्ट प्रदर्शन गर्दै हार बेहोर्न बाध्य भए ।
नेपाली ब्याटरहरु अलि धर्यता एवं गम्भीर भएर खेलेको भए सायद नतिजा फरक हुन थिए तर जे भएपनि नेपालको प्रदर्शनबाट सर्वत्र चर्चा परिचर्चा पाएका छन् । क्वाटरफाइनलमा नेपाल पराजित भए संगै एसियार्डबाट बाहिरिएका हुन् ।
स्वर्ण पदकको बलियो प्रत्यासी भारत भने यस जितपछि सेमिफाइनल प्रवेश गर्न सफल भएको छ । नेपालले भारतविरुद्ध बलियो चुनौती पेस गरे पनि त्यो जितका लागि पर्याप्त रहेन । जितका लागि २ सय ३ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपालले २० ओभरमा नौ विकेट गुमाएर १ सय ७९ रन मात्र बनाउन सक्यो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३२ रन बनाए । उनले १५ बलको सामना गरेर चार चौका प्रहार गरे ।
यस्तै कुशल मल्लले २९ रन बनाए । उनले २२ बलमा दुई दुई चौका र छक्का प्रहार गरे । कुशल भुर्तेलले ३२ बलमा २८ रन बनाए । भारतीय बलरमध्ये रवि विश्नोइले २४ रन खर्चेर तीन विकेट हात पारे ।
त्यस अगाडि टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा चार विकेट गुमाएर २ सय २ रन बनाएको थियो । त्यसमा ओपनर यशस्वी जयसवालले ४९ बलमा सय रन बनाए । त्यस्तै कप्तान ऋतुराज गायक्वाड र शिभम दुवेले समान २५ रन बनाए । अन्त्यतिर नटआउट रिन्कु सिंहले १५ बलमा ३७ रन थपे । नेपाली बलरमध्ये दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिए । यसका लागि उनले चार ओभरमा ३१ रन खर्चेर । यस्तै सोमपाल कामी र सन्दीप लामिछानेले १÷१ विकेट हात पारे । नेपाल र भारतबीच अन्तर्राष्ट्रिय ट्वान्टी ट्वान्टी खेल भएको यो पहिलोपटक हो । त्यस अगाडि एसियाकपमा क्रममा नेपाल र भारत वान डे क्रिकेटमा भिडेका थिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन