नेपालगञ्जमा मंगलवार दिउसो १ बजे बाट अनिश्चिकालिन कर्फयु जारी

110 Shares

बाँके, १६ असोज । नेपालगञ्जमा धार्मिक खलल पुर्याउन खोज्ने विषयलाई लिएर तनाव बढेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्जमा मंगलवार दिउसो १ बजे देखि कर्फयु लगाएको छ ।
बाँकेको नेपालगञ्जमा दुई धार्मिक समुदाय बीच सदभाव बिग्रिने अवस्था देखिएपछि स्थानीय प्रशासनले कर्फयु आदेश जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले आज दिउँसो १ बजे देखि लागु हुने गरी अनिश्चितकालसम्मका लागि कर्फयु आदेश जारी गरेका छन् ।
जिल्ला प्राशसन कार्यालय बाँकेका अनुसार सामाजिक संजालमा मुस्लिम समुदायलाई लक्षित गरी लेखिएको स्टाटसको विषयलाई लिएर मुस्लिम समुदायले गरेको विरोध रÞयालीका कारण उत्पन्न हुन सक्ने परिस्थितिका कर्फयु आदेश जारी गरेको बताएको छ ।
आज ओमकार परिवार हिन्दु समाजले निकालेको रयालीको क्रममा विवाद उत्पन्न भइ नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुडा प्रहार, उच्छृंखल गतिविधि लगायतका विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्नसक्ने सम्भावित जोखिम एवं शान्ति भंग हुन जान सक्ने स्थिति देखिएकोले नेपालगञ्ज नगर क्षेत्रमा कर्फयु आदेश जारी गरिएको छ,’ जारी गरिएकोे आदेशमा भनिएको छ ।
कर्फयु नेपालगञ्ज नगर क्षेत्रको पूर्वमा राप्ती नदि पुल, पश्चिममा खजुरा रोडको ईन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा नाका सीमा क्षेत्र भित्र कर्फयु आदेश जारी गरिएको छ । अनिश्चितकाल सम्म लगाइएको कर्फयु आदेशका समयमा कसैलाई पनि भेला, सभा समारोह, जुलुस तथा रयाली, हुल हुज्जत र हिँड्डुल नगर्न आदेश दिइएको छ ।

 

सम्बन्धित समाचार