join a zoom meeting online zoom cloud meetings download for pc zoom ringtone download zoom meeting login uk zoom meeting gratis download download zoom recorded meetings

साफ फुटबल च्याम्पियनसिप नेपालमा गर्न आधिकारी प्रस्ताव आए एन्फालाई

   १० श्रावण २०७८, आईतवार १५:४४  

काठमाडौं, १० साउन । दक्षिण एशियाली साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता नेपालमा गर्न आधिकारी प्रस्ताव नेपाल फुटबल संघ एन्फा समक्ष आएको छ ।
अगामी अक्टुबर महिनामा हुने १३ औं संस्करणको लागि सदस्य राष्ट्रहरु सहमती भएर एन्फा समक्ष आधिकारी प्रस्ताव आएको जनाइएको हो ।
बंगलादेशले आयोजना गर्ने भने पनि बढ्दो कोरोना संक्रमणका कारण आयोजना गर्न नसक्ने जानकारी दिएपछि उक्त प्रस्ताव नेपाललाई आएको छ । नेपाल, भारत र माल्दिभ्सले साफ आयोजनामा इच्छा देखाएको र अगष्ट पहिलो साता आयोजक राष्ट्रको टुंगो लाग्ने जनाएको थियो ।
साफ महासचिव अनवरुल हकले एन्फा महासचिव इन्द्रमान तुलाधरलाई साफ च्याम्पियन आयोजनाको प्रस्ताव पठाएको एन्फाले जनाएको छ । एन्फा महासचिव तुलाधरले अब एन्फाले साफ च्याम्पियनसिका लागि विस्तृत प्रस्ताव बनाएर स्वीकृतिका लागि साफमा पठाउने बताए । एन्फाको प्रस्तावलाई अध्ययन गरेर साफ आयोजनाको अन्तिम निर्णय भने साफ अध्यक्ष र साफ कार्यसमितिले नै गर्नेले एन्फाले जनाएको छ ।
पाकिस्तान फिफाको प्रतिबन्धमा रहेकाले साफ खेल्ने छैन । यस्तै भुटानले कोभिड–१९ का कारण देशबाहिर जान प्रतिबन्ध रहेका कारण सहभागिता जनाउने छैनन । अब नेपालसँगै बंगलादेश, भारत, माल्दिभ्स र श्रीलंकाले मात्र साफमा सहभागिता जनाउने छन् ।
तर आइतबार नै नेपालका मुख्य प्रशिक्षक अबुदुल्लाह अलमुताइरीले भने राजीनामा दिने घोषणा गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै