दिल्ली पुलिसद्धारा पत्रकारको घर तथा अफिसमा छापा, केही चर्चित पत्रकार पक्राउ

82 Shares

नयाँ दिल्ली, १६ असोज । भारतको राजधानी नयाँ दिल्ली स्थित विभिन्न समाचार वेबसाइट संग आबद्ध रहेका पत्रकारहरुको घरमा मंगलवार विहान दिल्ली प्रहरीले छापा मारेर ल्यापटप, मोवाइल सहित केही चर्चित पत्रकारलाई नियन्त्रणमा लिएका समाचार प्राप्त भएका छन् ।
भारतीय समाचार एजेन्सी एएनआईको रिपोर्टका अनुसार दिल्ली प्रहरीले आज विहान दर्जनौं पत्रकारहरुको घर र कार्यालयमा छापा मारेर मोवाइल, ल्यापट सहित नियन्त्रणमा लिएका हुन् ।
न्युजक्लिकमा कार्यरत पत्रकारहरू प्रवीर पुरकायस्थ, सञ्जय राजौरा, उर्मिलेश, भाषा सिंह, औनिंद्यो चक्रवर्ती, अभिसार शर्मा र सोहेल हासमी लगायत पत्रकारको घरमा प्रहरीले छापामा मारेको हो । प्रहरीले छापा मार्नुको कारण खुलाएका छैनन ।
भारतमा भाजपा अर्थात भारतीय जनता पार्टीको नेतृत्वमा रहेका सरकारको आलोचनात्मक समाचारहरु प्रकाशन र प्रशारण गर्ने संस्थाहरुको रुपमा उक्त वेबसाइट प्रख्यात रहेका थिए । आउदो बर्ष सन् २०२४ मा हुने लोकसभाको निर्वाचन अघि सरकार विरोधी समाचार प्रकाशित गर्दा मोदी सरकारको साख माथि प्रश्न चिन्ह खडा भईरहदा सरकारले स्वतन्त्र मिडिया माथि हस्तक्षेप गरेर लोकतन्त्रको आवाजलाई दवाउने प्रयास गरेको मिडिया रिपोर्टमा भनिएको छ ।
केही समयअघि केन्द्रीय मन्त्री अनुराग ठाकुरले एक मिसनअन्तर्गत भारतको दुष्प्रचार भइरहेको बताएका थिए । उनले त्यसमा न्युजक्लिकमाथि पनि त्यस्तो आशय प्रकट गरेका थिए । उनले न्युजक्लिक भारतविरुद्ध प्रचार गर्ने संस्था रहेको उल्लेख गरेका थिए ।
यसैबिच प्रेस क्लब अफ इन्डियाले न्युजक्लिकसँग जोडिएका पत्रकार र अन्य व्यक्तिको घरमा छापा मार्नु कार्यप्रति चिन्ता व्यक्त गरेको छ । क्लबले समाजिक सञ्जाल एक्स मार्फत पे्रस क्लब अफ इन्डिया पत्रकारहरूको साथमा रहेको जनाएको छ । घटनाप्रति नजर राखिएको र यसबारे थप जानकारी दिन सरकार सँग क्लबले माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार