एलआईसी नेपाल लिमिटेड प्रति पेशागत विमा अभिकर्ता संघ नेपाल विमक समिति एलआइसी नेपाल लिमिटेडको आपत्ती

112 Shares

रौतहट, १६ असोज । पेशागत विमा अभिकर्ता संघ नेपाल विमक समिति एलआइसी नेपाल लिमिटेडद्वारा विज्ञप्ती जारी गर्दै एलआईसी नेपाल लिमिटेडमा देखिएका कर्मचारीको लापारवाहीलाई ढाकछोप गरी अभिकर्तालाई कारवाही गर्ने प्रक्रिया प्रति गम्भीर आपत्ती जनाएका छन् ।
पेशागत विमा अभिकर्ता संघ नेपाल विमक समिति एलआइसी नेपाल लिमिटेडका अध्यक्ष नरबहादुर घर्तीद्धारा हस्ताक्षरित विज्ञप्तीमा कम्पनी भित्र रहेका उच्च पदस्थ कर्मचारीको लापवाही एवं गैरकानुनी क्रियाकलापलाई ढाकछोप गरी अभिकर्ता विरुद्ध गरिएको कारवाही प्रति गम्भीर आपत्ती जनाउदै घोर भत्र्सना गरेका हुन् ।
सन् २०२० मा एलआइसी गौर ब्राञ्चका तत्कालिन प्रबन्धक विपिनकुमार साह सहित कम्पनीका उच्च पदस्थ पदाधिकारीको मिलोमतोमा गरिएका गैरकानुनी क्रियाकलापबाट कम्पनीको साख माथि प्रश्न चिन्ह खडा भईरहदा आफनो कर्मचारीलाई कारवाही नगर्नुको साटो बढुवा र सरुवा गरेको प्रमाण फेला परेको कार्य अति नै निन्दनिय रहेको यस पेशागत विमा अभिकर्ता संघ नेपाल विमक समिति एलआइसी नेपाल लिमिटेडले ठहर गरेको छ ।
आफना कर्मचारीलाई कारवाही नगरी अभिकर्ता कोर्ड नम्वर ०५८२६बी००७ सत्येन्द्र पाण्डेलाई कारवाही गरेकोमा यस पेशागत विमा अभिकर्ता संघ नेपाल विमक समिति एलआइसी नेपाल लिमिटेडको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
एलआईसी नेपाल लिमिटेडको एकपक्षिय निर्णय प्रति विरोध जनाउदै यस पेशागत विमा अभिकर्ता संघ नेपाल विमक समिति एलआइसी नेपाल लिमिटेडले यस्ता घटनामा कम्पनी तथा अभिकर्तालाई नमुछिन सम्बन्धित सबै सरोकारवाला पक्षहरुलाई मात्र मुछिदिन र यस्ता व्यत्तिगत कारणबाट घटेको घटनाको आधारमा कम्पनी प्रतिको अटुट भरोसा र विश्वसनियता माथि प्रश्न न उठाइदिनु हुन सम्पूर्ण विमित अभिकर्ता एजेन्सी मैनेजर कर्मचारी तथा अन्य सम्पूर्ण सरोकार पक्षलाई यो संघले आग्रह गर्दै समयमै अहिलेको समस्या समाधान गर्न सम्बन्धित सरोकारवाला निकायहरु संग विज्ञप्ती मार्फत अपिल गरे ।

सम्बन्धित समाचार