zoom login uk online meeting zoom download for windows 10 64 bit free zoom download for pc free windows 8 zoom download for hp laptop zoom 2022 download

कोरोना खोपको लागि अब देखि अनलाइन फारम अनिवार्य

   १० श्रावण २०७८, आईतवार १६:१३  

 

रौतहट, १० साउन । नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुक भित्र रहेका ७७ वटै जिल्लामा कोरोना विरुद्धको खोप लगाउनका निमित्त अबदेखि अनिवार्य रुपमा अनलाइन फारम लागु गरेको छ ।
मन्त्रालयको निर्देशनमा स्वास्थ्य कार्यालय काठमाडौंले खोपका लागि अनलाइन फारम अनिवार्य गरेको हो । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काका अनुसार १८ वर्ष देखि ५० वर्ष उमेर समूहका नागरिकहरुले विद्युतीय (अनलाइन) दर्ता नम्बर ल्याए मात्रै कोरोनाको खोप लगाउन पाउने छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको साउन १ गतेको पत्रमा उल्लेख भएअनुसार उक्त निर्णय भएको प्रखुम खड्काले बताए । साथै उनले १८ वर्षदेखि ५० वर्षभन्दा माथिका नागरिकलाई आफ्नो नाम दर्ता गराउन आग्रह गरेका छन् । कोरोना विरुद्ध खोपका लागि अनलाइन दर्ता गर्ने नागरिकलाई अर्को सूचना गरेर खोप दिन सुरु गर्ने उनले बताए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै