प्रादेशिक अस्पताल सहित स्वास्थ्य चौकीको स्वास्थ्य व्यवस्था सुदृद्ध पार्नेः स्वास्थ्य मन्त्री विरेन्द्र सिंहको प्रतिबद्धता

120 Shares

रौतहट, २१ असोज । मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्र सिंहले रौतहट सहित मधेश प्रदेशका प्रादेशिक अस्पताल सहित पालिका स्तरिय स्वास्थ्य चौकीमा आमूल परिवर्तन गरी मधेश प्रदेशका स्वास्थ्य समस्यालाई समाधान गर्न आफू लागि परेको बताए ।
प्रादेशिक अस्पताल गौरको निरीक्षण एवं अनुगमन गर्दै स्वास्थ्य मन्त्री सिंहले अस्पतालमा उपचार गराउन आउने विरामीहरुलाई पूर्ण रुपमा स्वास्थ्य सेवा प्रवाह अनिवार्य रुपमा गर्नुपर्ने निर्देशन दिदैं विरामी संग भेदभाव वा कुनै बहानामा यहाँबाट अन्यत्र उपचारको लागि बाहिर पठाएमा त्यसको जवाफदेहिता यहाँको मेडिकल सुप्रिडेन्ट माथि जाने चेतावनी दिए ।
प्रादेशिक अस्पताल गौरलाई एक सय सैंयामा रुपान्तिरित गरिएपनि यहाँ दक्ष जनशक्ति सहित विभिन्न फाँटमा कर्मचारीहरुको चरम अभाव देखिएकोमा दिपावली छठ पछि यहाँको कर्मचारी समस्या समाधान गर्ने प्रतिबद्धता जनाए । गौर सहित ग्रामिण भेगमा रहेका बर्थिंग सेन्टरहरुलाई अनिवार्य रुपमा संचालन गर्नुपर्ने, अस्पतालमा चिकित्सकहरु अनिवार्य रुपमा बसेर विरामीहरुको उपचार गर्नुपर्ने, औषधीको अभाव भए प्रदेश संग समन्वय गरी पुरा गर्नुपर्ने समग्र रुपमा रौतहट मधेश प्रदेशमै स्वास्थ्यको क्षेत्रमा सबै भन्दा पछाडी परेको जिल्लाको सुचीमा रहेको हुँदा यहाँको स्वास्थ्य अवस्था सुधार गरेर देखाउने स्पष्ट पारे ।
विभिन्न कार्यक्रमहरुमा सहभागी भई नेपाली काँग्रेसको गौर स्थित जिल्ला पार्टी कार्यालयमा उपस्थित कार्यकर्ताहरुलाई सम्बोधन गर्दै मन्त्री सिंहले स्वास्थ्य क्षेत्रमा रौतहट जिल्ला विगत कंयौं बर्ष देखि भोग्दै आएका समस्याहरुलाई समाधान गर्न र गराउनमा सक्रिय भई सबैले आ आफना जिम्मेवारीबोध गरी सुधारको क्षेत्रमा लाग्नुपर्ने बताए ।
गौर अस्पतालमा व्यवस्थापकिय कमीकमजोरी रहेको छ, जनशक्ति थपिनुपर्ने देखिन्छ तर जनशक्तिको नाममा कार्यकर्ता भर्ती गर्नुहुदैनन् । प्रदेशको मापदण्ड अनुसार सुचना प्रकाशन गरेर मात्रै जनशक्ति भर्ना गर्नुपर्ने बताउदै विना मापदण्डको भर्ना गरिएका ७ जनालाई बर्खास्त गरिएको स्पष्ट पारे । पोष्ट अपरेटिभ फाँटमा इनाम बक्सिसको नाममा लिने अनावश्यक रकम तुरुन्त बन्द गर्नुपर्ने अन्यथा कारवाहीको भागी हुने पर्ने चेतावनी दिदै उक्त फाँटमा सुत्केरी महिला संग एक जना महिला कुरुवा मात्रै प्रवेश गर्न दिनुपर्ने पुरुषको प्रवेश निषेध गर्नुपर्ने बताए ।
पार्टी कार्यालयमा उपाध्यक्ष धिरेन्द्र सिंह, नेपाली काँग्रेस मधेश प्रदेश सुचना संचार तथा प्रचार प्रसार विभाग प्रमुख नितेश गुप्ता, गरसभापति मोहन यादव, जिल्ला समिति सदस्य दिपेन्द्र सिंह, महिला संघको जिल्ला अध्यक्ष अन्जु झा, युवा नेता चिरन्जीवी सिंह, अवधकिशोर यादव, मुस्लिम संघका जिल्ला अध्यक्ष मोहम्मद अब्दुल्लाह, वडा नम्वर ८ का अध्यक्ष जनार्दन साह सहितका नेता एवं कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।