हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु, एक पुरुष घाईते

   ११ श्रावण २०७८, सोमबार १५:२९  

तराई टप संवाददाता
सर्लाही, ११ साउन । जंगली हात्तीको आक्रमणमा परेर गम्भीर घाईते भएकी सर्लाहीको एक वृद्ध महिलाको सोमवार मृत्यु भएको छ भने एक पुरुष घाइते भएका छन् ।
सर्लाहीको हरिवन नगरपालिका वडा नम्वर ४ बस्ने सलाकत मन्सुरको ६२ वर्षीया श्रीमती तेतरी खातुनलाई आज विहान २ बजेको समयमा जंगली हात्तीले आक्रमण गर्दा गम्भीर घाईते भएकी थिइन ।
गम्भीर घाइते खातुनको हरिवन स्थित नमुना अस्पतालमा सामान्य उपचार गरी थप उपचारको लागि नेशनल मेडिकल कलेज विरगंज तर्फ जाने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए । मृतक महिलाको शव पोष्टमार्टम गरेर शतगतको लागि परिवारजनलाई शव बुझाइएको उनले बताए ।
यसैगरी बागमती नगरपालिका ४ स्थित जंगली हात्तीको आक्रमणबाट ३५ बर्षिय एक पुरुष व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ । नाम र ठेगाना खुल्न नसकेका ति व्यक्तिको नमूना अस्पताल हरिवनमा प्राथमिक उपचार पछि थप उपचारको लागि नारायणी क्षेत्रीय अस्पताल वीरगञ्ज पठाइएको डिएसपी बुढाथोकीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै