काठमाडौं, २२ असोज । आम जनता पार्टीद्वारा राजस्वमा भईरहेको चुहावट एवं ब्रम्हलुटलाई नियन्त्रण गर्ने उद्देश्यबाट भन्सार विभागमा धर्ना प्रदर्शन कार्यक्रम सोमवार देखि सुरु गरेका छन् ।
देशका सरकारी तलवधारी कर्मचारी मार्फत राजस्वमा हुने ४५ प्रतिशत कमिशन खोरी तथा ब्रम्ह्लुटलाई नियन्त्रण गरी सरकारी ढुकुटीलाई रक्षार्थ आम जनता पार्टीले आज देखि संघिय राजधानी काठमाडौंको त्रिपुरेश्वर स्थित भन्सार विभागमा धर्ना प्रदर्शन सुरु गरेका हुन् ।
कमिशन वापत लुट मचाइएको ४५ प्रतिशत व्यवस्थाको खारेजीको माग राख्दै संघर्षका कार्यक्रम सुरु गरिएको आम जनता पार्टी केन्द्रीय कार्यालयले जनाएका छन् ।
आम जनता पार्टीका सयौं नेता एवं कार्यकर्ताहरुले भदौं ३१ गते ललितपुरको कुपण्डोल पुलबाट निकलेको विरोध रयाली त्रिपुरेश्वर स्थिति भन्सार विभाग घेराउ गर्दै महानिर्देशक मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाउदै उक्त वेथितीको अन्त्य गर्न आग्रह गरेका थिए ।
गत असोज ३ गते पत्रकार सम्मेलन मार्फत असोज १८ गते गलत प्रवाधानको नियमावली जलाएको, असोज १९ गते तराई – मधेशका जिल्लाहरूको भन्सार कार्यालय घेराउ गरिएको तथा असोज २१ गते देखि माग पुरा नहुन्जेल सम्मका लागि त्रिपुरेश्वर स्थित भन्सार विभागमा धर्ना प्रदर्शन कार्यक्रम सुरु गरिएको जुन आज पनि जारी रहेको सो पार्टीका शुरू गरिएको पार्टीले जानकारी दिए ।
फोटो फिचर





बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन