रेशम चौधरी जसपा विवादमा तटस्थ बसे

   ११ श्रावण २०७८, सोमबार १५:४२  

तराई टप संवाददाता
काठमाडौं, ११ साउन । जनता समावादी पार्टी नेपालको आधिकारिकता विवादमा रेशम चौधरी तटस्थ बसेको छ ।
टिकापुर घटनामा योजनाकारको रुपमा आरोप लागेका चौधरी डिल्लीबजार कारागारबाट सोमवार सिधा निर्वाचन आयोग पुगेपछि उनले आधिकारिकता विवाद समाधानको लागि गरिएको सनाखतमा तटस्थ बसेको हो ।
जसपाको आधिकारिकता विवादमा निर्वाचन आयोगले बहुमत पक्ष छुट्याउन ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई आज बोलाएका थिए । कारागारबाट प्रहरीको भ्यानमा राखेर निर्वाचन आयोग लगिएका चौधरीले जसपा विवादमा दुवै पक्षमा मत नदिएको जिकिर गरे । जेलबाट आएर एउटा पक्षमा हस्ताक्षर गर्न मेरो मनले मानेन र कुनै पक्षमा साथ नदिने बताए ।
निर्वाचन आयोगबाट बाहिरिदै चौधरीले भने मेरो पक्ष पनि जसपा हो, विपक्ष पनि जसपा हो’ । चौधरीले पार्टीको आधिकारिकता जसले पाए पनि अध्यक्ष महन्थ ठाकुरलाई भीष्म पितामहको दर्जा दिन आग्रह गरे । उनले महाभारतको प्रसंग कोट्याउँदै युधिष्ठिर र अर्जुनले युद्ध जित्ने थाहा पाउँदा पाउँदै भीष्म पितामहले दुर्योधनलाई साथ दिएको बताए । जसपा विवादमा कुनै पक्षले जित्ला, तर उहाँलाई भीष्म पितामहको दर्जा कायम गरिदिनुहुन अनुरोध गर्दछु’ चौधरीले पत्रकार समक्ष आफनो अभिव्यक्ति राखे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै