रौतहट, २३ असोज । विश्व दृष्टि दिवसको सुखद अवसरमा रौतहटको दुर्गा भगवती गाउँपालिकामा बुधवार एक दिने निशुल्क आँखा शिविरको आयोजना हुदैछ ।
दुर्गा भगवती गाउँपालिका वडा नम्वर १ गंगापिपरा स्थित सामुदायिक भवनमा भोली विहानै देखि संचालन हुने एक दिने आँखा शिविरमा गाउँपालिकामा रहेका आँखाका विरामीहरुले सहज रुपमा उपस्थित भई आ आफना आँखाको परिक्षण गराई स्वस्थ बन्ने अवसरलाई सदुपयोग गर्न आग्रह गरिएको हो ।
डाक फाउन्डेशनको सहयोगमा नेपाल नेत्रज्योती संघ गौर आँखा अस्पताल गौर ८ परेनवा रौतहटको प्रमुख आयोजनामा तथा दुर्गा भगवती गाउँपालिकाको स्थानीय आयोजना तथा तराई टप अनलाइन खवरको प्रचार प्रसारमा विश्व दृष्टि दिवसको सुखद अवसरमा उक्त शिविरको आयोजना हुन गईरहेको बताइएको छ ।
शिविरमा छनौट भएका मोतिया बिन्दुका विरामीहरुलाई निशुल्क शल्यक्रिया गरिने व्यवस्थापन गरिएको जानकारी दिदैं शिविरका कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेले शिविर हुने सामुदायिक भवन गंगापिपरामा विहान ९ बजे देखि ४ बजे सम्म संचालन हुने बताए । सो शिविरमा दुर्गा भगवती गाउँपालिकामा रहेका वृद्धवृद्धाहरु जसलाई सामान्य चेकजाँच गराउन गौर जान अप्ठ्यारो भएकाहरुलाई सुवर्ण अवसर रहेको हुँदा शिविरको फायदा उठाउने कार्यक्रम संयोजक हार्दिक अपिल गरे ।
शिविरमा आँखा परिक्षण गर्दा औषधीबाट निको हुनेलाई निशुल्क औषधी तथा निशुल्क चश्मा प्रदान गरिनुका साथै मोतिया बिन्दु भएका विरामीलाई तत्कालै शैल्यक्रिया गर्नुपर्ने अवस्था देखिदा तिनिहरुको निशुल्क रुपमा शैल्यक्रिया गरिने समेत जानकारी उनले दिए ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन