काठमाडौं, २४ असोज । पूर्व सभामुख एवं नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराको छोरा भेप मार्फत सुन तस्करी गराउनमा चिनियाँ नागरिक संलग्न रहेपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा राखेर अनुसन्धान गरिरहेको छ ।
सोही अनुसन्धानकै क्रममा भेप मार्फत नेपाल भित्रिएको ९ किलो सुन तस्करी प्रकरणमा चिनियाँ नागरिक दाओजिन वाङका चालक लोकेन्द्र पौडेल, पूर्व सभामुखको छोरा राहुल महरा प्रमुख भन्सार प्रशासक संग भेट्न गएको प्रहरीलाई वयानमा भनेको हो ।
चिनियाँ नागरिक वाङले राहुललाई फोन गरेर बोलाएपछि आफूसहित महरा र तिब्बती नागरिक निमा गुरुङ भन्सार प्रमुखको कार्यकक्षमा पुगेको उनले बताए । त्यसबेला ‘वाङ र असिन’ भनिने अरु दुई चिनियाँ नागरिक भुइँ तल्लामा बसेको पौडेलको बयानमा भनेको छ ।
जफत भएको भेपको बारेमा कसरी छुटाउने भन्ने विषयमा अरुण पोखरेल सँग राहुल महरा र निमा गुरुङले कुराकानी गरेको पौडेलले भने । तर, पोखरेलले तपाइहरुलाई किन चाहियो, यसमा के छ र यति सारो मरिहत्थे गरेको भनेको उनले बताए ।
‘उक्त सामान चेकजाँचका लागि गएको छ, हेर्न मिल्दैन । जफत भइस्केको वस्तु दिन मिल्दैन भनेपछि हामी तिनै जना त्यहाँबाट फर्किएका थियौं’, पौडेलले भनेका छन्, ‘त्यसबेला सम्म भेप भित्र सुन छ भन्ने कुरा मलाई वाङ ले समेत नभनेकाले मलाई थाहा थिएन ।’
पछि विभिन्न मिडियाहरु मार्फत सुन लुकाइ छिपाइ भित्र्याएको भन्ने थाहा भएको उनले बताए थिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन