काठमाडौं, २४ असोज । उप प्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ यही असोज २९ गते चीन भ्रमणमा जाने भएका छन् ।
चीन सरकारले आयोजना गर्ने तेस्रो बीआरआई सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री श्रेष्ठ चीन भ्रमणमा जान लागेका हुन् । चीनले असोज ३० र १ गते दुई दिवसिय (१७ र १८ अक्टोबर) मा तेस्रो बीआरआई फोरम आयोजना गर्दैछ ।
चीनले आयोजना गर्न लागिएका फोरममा भाग लिन उप्रधानमन्त्री श्रेष्ठको नेतृत्वमा एक उच्चस्तरीय टोली चीन भ्रमणमा जान भएको परराष्ट्र स्रोतले जनाएको छ । चिनियाँ राष्ट्रपति सी चिनपिङले २०१३ मा बीआरआई परियोजना सुरु गरेका थिए । उक्त परियोजना सुरु भएको एक दशक पूरा भएको उपलक्ष्यमा तेस्रो फोरम आयोजना गर्न लागेको बताइएको छ ।
नेपाललाई बिआरआईको जालझेलमा फसाउदै चीन
चीनको अति महत्वाकांक्षी परियोजनाको रुपमा रहेका बीआरई मा विश्वका एक सय ५० भन्दा बढी मुलुक सहभागी भइसकेका छन् । त्यस क्रममा चीनले ५० खर्ब अमेरिकी डलर भन्दा बढि खर्च गरिसकेको छ । नेपालले सन् २०१७ मा बीआरआई परियोजनामा सहभागी हुने सहमति गरेको थियो । तर, अहिले सम्म बीआरआई अन्तर्गतका परियोजना कार्यान्वयन हुन सकेका छैनन् ।
आन्तरिक राजनीतिमा देखिएको खिचतानका कारण बीआरआई कार्यक्रम अन्तर्गतका परियोजना छनौट भए पनि गति भने लिन सकेको छैनन । दोस्रो बीआरआई फोरममा नेपालबाट राष्ट्रपति विद्यादेवी भण्डारीको नेतृत्वमा उच्चस्तरीय टोली चीन भ्रमणमा गएको थियो । त्यतिबेला भण्डारीले विशेष सम्बोधन गरेकी थिइन् । चीनले बीआरआई परियोजना एक दशक पूरा गरेका कारण तेस्रो बीआरआई फोरमबाट परिमार्जित रुपमा अगाडि बढाउने नीति लिएको छ ।
तेस्रो बीआरआई फोरम फर इन्टरनेशलन को अपरेशनको मूल नारा भने ‘हाई क्वालिटी बीआरआई कोअपरेशनः टुगेदर फर कमन डेभ्प्लमेन्ट एण्ड प्रस्परेटी’ रहेको छ ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट