पदको रक्षाको लागि यताउता गर्नेहरु आज हो, भोली रहदैनन ः नेता राजेन्द्र महतो

   ११ श्रावण २०७८, सोमबार १५:५९  

तराई टप संवाददाता
काठमाडौं, ११ साउन । जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले उपेन्द्रजी संकटमा परेको वेला हामीहरु उनलाई साथ दिएको परिणाम आज पाइरहेको आक्रोश पोखे ।
उपेन्द्र यादवको पार्टी समाप्त भईरहदा हामीहरु पार्टी एकिकरण गरेर उनलाई जिवन्त राखे तर आज जनताको इच्छा आकाँक्षा माथि कुठाराघात गर्दै पार्टीलाई एक बर्षमै फुटको अवस्थामा ल्याइदिएकोमा तिव्र आक्रोश नेता महतोले पोखे ।
जसपाको आधिकारिकता विवादमा सुनुवाई गरिरहेको निर्वाचन आयोगमा सनाखतका लागि पुगेका महतोले शोषण उत्पीडनमा परेका जनतालाई अधिकार दिनका निमित्त पार्टी एकता गरेका थियौं तर पद जोगाउने निहुँमा पदको रक्षा गर्नुपर्ने मजबुरी होला ? तर जुन मजबुरीका कारण यताउता गरेको छ, त्यो आज हो, भोली रहदैनन उनले ठोकुवा गरे ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै