प्यालेस्टाइनलाई समर्थन गरेकोमा मोहम्मद रिजवान ट्रोलः हुदै

94 Shares

नयाँ दिल्ली, एजेन्सी । पाकिस्तानी विकेटकिपर मोहम्मद रिजवानले श्रीलंका विरुद्ध बनाएको शतकलाई गाँजा क्षेत्रका भाईबहिनीहरु प्रति समर्पित गर्दा उनलाई अहिले युजर्सहरुले निकै ट्रोल बनाउदै गएका छन् ।
पाकिस्तानका विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवानले गत मंगलबार श्रीलंका विरुद्ध शानदार शतक प्रहार गरेका थिए । रिजवानको यो इनिङको मद्दतमा पाकिस्तानले ३ सय ४५ रनको लक्ष्य पुरा गर्दै जित दर्ता गरायो । पाकिस्तानको जितपछि रिजवानले आज एक विवादास्पद ट्वीट गरे, जसपछि सामाजिक सञ्जालमा हंगामा मचेका हुन् ।
रिजवानले श्रीलंकाविरुद्धको जित प्यालेस्टाइनलाई समर्पण गरेका छन् । मोहम्मद रिजवानले ट्वीट गर्दै लेखेका छन– यो गाजाका हाम्रा भाइबहिनीहरूको लागि थियो । म जितमा योगदान गर्न पाउँदा धेरै खुसी छु । यसको श्रेय पनि सम्पूर्ण टोलीलाई जान्छ, विशेष गरी अब्दुल्ला शफिक र हसन अलीलाई जसले जितलाई सहज बनाएको थियो । हैदरावादका जनताबाट यति धेरै समर्थन देखेर म धेरै खुसी छु ।
मोहम्मद रिजवानको यो ट्विटपछि उनको विरुद्धमा जनताको आक्रोश भड्कियो । इन्डिया टुडेका खेल पत्रकार विक्रान्त गुप्ताले

इन्टरनेशनल क्रिकेट काउन्सिललाई ट्याग गर्दै लेखेका छन– आईसीसी, के यो अनुमति छ ? मलाई याद छ विश्वकप २०१९ मा धोनीलाई आफ्नो पञ्जाबाट सेनाको चिन्ह हटाउन भनिएको थियो । के क्रिकेटरहरूलाई आईसीसी को कार्यक्रमहरूमा राजनीतिक र धार्मिक बयान गर्न प्रतिबन्ध लगाइएको छैन ?

खुशबू मट्टो नामका एक प्रयोगकर्ताले लेखेका छन्, ‘विश्वकपबाट भएको आफ्नो सम्पूर्ण कमाई गाजालाई दान गर्नुहोस्, त्यसपछि केही हुनेछ । तबसम्म हाम्रो भूमिमा चुपचाप खेल्नुहोस् र हिड्नुहोस् ।

तेहसीन पूनावालाले लेखे– चीनका उइघुर मुस्लिमहरूको लागि पनि खेल जित्नुहोस्, जसलाई यातना शिविरमा राखिएको छ वा त्यहाँ तपाईंको शब्द र रणनीति असफल भयो ।

प्रीति पाण्डे नामकी प्रयोगकर्ताले लेखेकी छिन– ‘तिमी हमासको आतंकवादी सोचभन्दा कम छैनौ ।

श्रोतः दैनिक भाष्कर

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।