zoom app and how it works zoom conference software download download zoom poll results zoom pc download zoom meeting join online free - zoom meeting join online free why is my zoom app not installing

काठमाडौं किंगस इलेभेनलबाट शाहिद अफ्रिदी इपीएल खेल्ने

   ११ श्रावण २०७८, सोमबार १६:१०  

तराई टप संवाददाता
रौतहट, ११ साउन । एभरेष्ट प्रमियर लिग (इपीएल) टी–२० क्रिकेट प्रतियोगितामा पाकिस्तानी अलराउण्डर शाहीद अफ्रिदी काठमाडौं इलेभनबाट खेल्ने भएका छन् ।
काठमाडौं किंगस इलेभेनले आफनो टीममा पाकिस्तानी क्रिकेटका स्टार अलराउण्डर ब्याट्सम्यान अफ्रिदीलाई अनुबन्ध गरिएको सोमवार जानकारी दिएका हुन् ।
आज आयोजित पत्रकार सम्मेलनमा अफ्रिदी भिडियो कन्फ्रेन्सका माध्यमबाट जोडिएका थिए । उनले काठमाडौँ किंगस इलेभेनमा आफू अनुबन्ध भएकोमा खुसी व्यक्त गर्दै नेपालमा क्रिकेट खेल्न उत्साहित भएको प्रतिक्रिया दिए ।
४१ वर्षीय अफ्रिदी विस्फोटक ब्याट्सम्यानका अतिरिक्त सफल बलर पनि हुन् । क्षेत्र रक्षणमा पनि उनको बेजोड प्रदर्शन रहने गरेको छ । इपिएलको चौथो संस्करण आगामी असोज ९ देखि २३ सम्म त्रिवि क्रिकेट मैदानमा हुने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै