zoom download program zoom meeting joining - zoom meeting joining zoom install download for windows - zoom install download for windows how big is zoom download zoom desktop client for windows download zoom app instructions pdf zoom login download free - zoom login download free download zoom to join a meeting

उपेन्द्र पक्षमा ३४ र ठाकुर पक्षमा १६ जनाले समर्थन जनाए

   ११ श्रावण २०७८, सोमबार १६:१८  

 

तराई टप संवाददाता
रौतहट, ११ साउन । जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिमा महन्थ ठाकुरको पक्षमा १६ तथा उपेन्द्र यादवको पक्षमा ३४ जनाले समर्थन जनाएका छन् ।
निर्वाचन आयोगमा सोमवार सनाखतका लागि जसपा नेपालका कार्यकारिणी सदस्य हरुलाई आयोगमा बोलाएका थिए । सोही अनुसार आयोगमा उपस्थित भएका ५१ जना कार्यकारिणी समिति सदस्यहरु मध्ये यादवको पक्षमा ३४ र ठाकुरको पक्षमा १६ जनाले समर्थन जनाएको आयोग श्रोतबाट बुझिएका हुन् ।
जसपाका कार्यकारिणी समिति सदस्य रेशम चौधरी भने तटस्थ रहे । उनले कसैको पनि पक्ष र विपक्षमा आफू नरहेको भन्दै तटस्थ रहने निर्णय गरे । यद्यपि कार्यकारिणी समिति सदस्यहरुको मत विभाजनबारे आयोगले आधिकारिक रुपमा केही खुलाएको छैन ।
निर्वाचन आयोगमा विचाराधीन रहेको जसपाको आधिकारिकता सम्बन्धी मुद्दामा आयोगले आजै फैसला दिने अपेक्षा गरिएको छ । जसपाका नेता तथा कार्यकर्ताहरु आयोगको फैसलाको प्रतिक्षामा छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै