incucyte zoom download download zoom sessions download and install zoom lunar client zoom mod download zoom app pdf download

कर्नाटकको मुख्यमन्त्री बीएस येदियुरप्पाद्धारा राजिनामा

   ११ श्रावण २०७८, सोमबार १६:२९  

 

रौतहट, ११ साउन । भारतको कर्नाटकका मुख्यमन्त्री बीएस येदियुरप्पाले सोमबार आफ्नो पदबाट राजीनामा दिएका छन् । राज्यमा आज नै भारतीय जनता पार्टी (भाजपा) सरकारको दुई वर्ष पुरा भएको थियो । सोही कार्यक्रममा भाग लिन पुगेका यदियुरप्पाले राजीनामाको घोषणा गरेका हुन् ।
राजीनामा घोषणा गर्दै उनले आफूसधैँ अग्निपरीक्षाबाट गुज्रिएको बताएका थिए । त्यसपछि उनी राजभवन पुगेर गभर्नरलाई आफ्नो राजीनामा पत्र बुझाएका थिए । उनको राजीनामालाई स्वीकार पनि गरिएको छ । नयाँ मुख्यमन्त्री घोषणा नभएसम्म उनी कार्यकारी मुख्यमन्त्री कायम रहनेछन् ।
उनले राजीनामा दिन हाइकमान्डबाट कुनै दबाब नआएको र आफू स्वयंले यो निर्णय लिएको जानकारी दिए । उनले आफूले कसैको नाम पनि सुझाव नगरेको बताएका छन् ।
कर्नाटकमा सेवा गर्ने मौका दिएकोमा प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहलाई धन्यवाद दिँदै अब आफू पार्टीलाई सशक्त बनाउन भूमिका खेल्ने बताएका छन् ।

एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै