75
Shares
अहमदाबाद, २७ असोज । विश्वकप क्रिकेट प्रतियोगितामा चिरप्रतिद्धन्दी पाकिस्तानले भारत समक्ष जीतको लागि १९२ रनको लक्ष्य दिएको छ ।
अहमदावादको नरेन्द्र मोदी रंगशालामा भारतका क्याप्टेन रोहित शर्माले टस जितेर पाकिस्तानलाई ब्याटिंगका लागि आमन्त्रण गरेका थिए । पाकिस्तानको सुरुआत राम्रो भएपनि उसको क्याप्टेन बाबर आजम ५० रन र विकेटकिपर रिजवानले ४९ रन बनाए । १५२ रनमा २ विकेट पाकिस्तानको रहेकोमा ४२.५ ओभरमा अलआउट हुँदै १९१ रन मात्रै बनाउन सके । सन् १९९२ पछि विश्वकपमा भारत पाकिस्तान ७ पटक आमनासामना भएको तर एक पटक पनि पाकिस्तानले जीत निकाल्न सकेको छैनन् । भारतको लागि १९२ रनको लक्ष्य थोरै भएपनि पाकिस्तानको बलिंग लाइन निकै मजबुत रहेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन