download zoom app for windows 10 for free zoom guitar lab download zoom hack app download an zoom meeting teilnehmen ohne download class for zoom download

बलिउडको पाँच अभिनेत्री आफ्नै हिसावले जिवन विताउन रुचाउँछन्

   ११ श्रावण २०७८, सोमबार १६:५६  

मुम्बई । भारतीय सिने जगत बलिउडका कयौँ अभिनेत्री यस्ता छन्, जुन आफ्नो जीवन आफ्नै हिसाबले जिउन रुचाउँछन् । उमेर ४० पार गरिसक्दा समेत उनीहरूले विवाह गरेका छैनन् ।
सुस्मिता सेन ः
सुस्मिता सेन धेरै केटीहरूका लागि प्रेरणा हुन् । उनको नाम वसीम अक्रम र अनिल कुम्बले जस्ता खेलाडी सँग पनि जोडिए । ४६ वर्षको उमेर सँग पनि उनी अविवाहित छन् । मिस युनिभर्स समेत रहेकी उनले दुई छोरी धर्मपुत्रीको रूपमा पालेकी छन् । उनी अहिले मोडल रोहमान शालसँगको डेटमा छिन् ।
तब्बुः
तबस्सुम हाशमी अर्थात् तब्बु ४८ वर्ष भएकी छन् । तर पनि उनको अहिले सम्म विवाह भएको छैनन । एक समय उनको साउथ स्टार नागार्जुन सँग अफेयरको चर्चा थियो । समाजको रीतिरिवाज निभाउन मात्र विवाह नगर्ने उनको मान्यता रहँदै आएको छ ।
अमीषा पटेलः
अभिनेत्री अमीषा पटेल अभिनेता ऋतिक रोशनको फिल्म ‘कहो ना प्यार है’बाट अभिनयमा डेब्यु गरेन । त्यसपछि उनले धेरै राम्रा फिल्महरूमा समेत काम गरिन् । अहिले ४३ वर्ष पुगेकी यी अभिनेत्री अविवाहित छिन् । बलिउडमा एक पटक उनी निर्माता विक्रम भट्टसँगको अफेयरका कारण चर्चामा थिइन् ।
साक्षी तन्वरः
साक्षीको उमेर लगभग ५० को हाराहारीमा छ । अहिले सम्म उनले पनि विवाहका लागि उपयुक्त पार्टनर पाएकी छैनन् । २०१५ मा उनले गोप्य विवाह गरेको हल्ला चलेको थियो । सो हल्लामा मात्र सीमित रहन पुग्यो ।
नरगिस फाखरीः
नरगिस फाखरीले पनि अहिले सम्म विवाह गरेकी छैनन् । उनी अहिलेको जीवन खुसीसँग बिताइरहेकी छन् । एक समय उनको उदय चोपडासँग रिलेसन सीप रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै