रौतहट, २८ असोज । राजदेवी नगरपालिकाको पथरा गाउँमा ब्रम्ह् स्थानमा पुजा गर्ने विषयलाई लिएरको तनावपूर्ण अवस्थालाई प्रहरी प्रशासनको सुझबुझका कारण ठूलो घटना हुनबाट जोगिएको छ ।
राजदेवी नगरपालिका वडा नम्वर १ पूर्वी पथरा र पश्चिमी पथरा गाउँका बासिन्दाहरु बीच ब्रम्ह् स्थानमा पुजा गर्ने विषयलाई लिएर दुर्गा पुजाको कलश यात्रा निस्कनमा रोक लगाउदा बादविवाद भई अवस्था तनाबपूर्ण बनेका थिए । करिव दुई घण्टा सम्मको तनावपूर्ण अवस्थालाई साम्य पार्न नेपाल प्रहरी र सशस्त्र प्रहरी ठूलो संख्यामा परिचालन गरिएको थियो ।
बडा दशैंको पहिलो दिन नै अवस्था तनावपूर्ण बन्दै गएपछि प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, नेपाल प्रहरीका एसपी महेन्द्रकुमार श्रेष्ठ, सशस्त्र प्रहरीका एसपी माधव रेग्मी, राष्ट्रिय अनुसन्धानका उप निर्देशक चन्दनकुमार झा सहितको सुरक्षा अधिकारीहरुको टोली पथरा गाउँमा पुगेर स्थानीय बासिन्दाहरुलाई निकै सम्झाई बुझाई गरेपछि अवस्था साम्य भएका छन् ।
अवस्था साम्य भएपछि दुर्गा पुजाको लागि कलश यात्रा निस्किएको बताउदै प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले सामान्य विषयलाई ठूलो इशु बनाएको हुँदा केही वेर तनाव भएको तर अहिले शान्त भइसकेको छ । आपसमा सबै आत्मसाथ गर्दै कलश यात्रामा सहभागी भएको जानकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन