download bet9ja zoom app zoom cloud hd meetings download pc zoom for armhf download download zoom windows 10 pro 64 bit - download zoom windows 10 pro 64 bit zoom offline download for pc awp zoom crosshair cs 1.6 download

इण्डो नेपाल सिमा बैठक मोतिहारीमा, भारतद्धारा १० स्थानमा मिचिएको दशगज्जालाई तत्काल खाली गर्न नेपाली अधिकारीद्धारा भारतीय समकक्षीलाई ध्यानाकर्षण

   १२ श्रावण २०७८, मंगलवार १४:२७  

तराई टप संवाददाता
रौतहट, १२ साउन । रौतहटको इशनाथ नगरपालिकाको वडा नम्वर १ बन्जरहा र औरैया संग जोडिएको नेपाल भारत सिमाको दश स्थानमा दशगज्जा मिचेर भारतीय पक्षले बनाएको बाँधको मुद्दालाई इण्डो नेपाल बैठकमा नेपाली अधिकारीले उठाएर भारतीय अधिकारीको ध्यानाकर्षण गराए ।

बैठकमा भारतीय समकक्षीलाई ध्यानाकर्षण

भारत विहारको मोतिहारीमा सोमवार भएको इण्डो नेपाल बैठकमा रौतहटको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले नेपाल भारतको ज्वाइन्ट सर्वे टिमद्धारा जिपिएस प्रणालीको मद्दतबाट डेढ बर्ष अघि नापजाँच गर्दा इशनाथको बन्जरहा र औरैया संग जोडिएको दशगज्जा क्षेत्रमा भारतीय पक्षद्धारा १० स्थानमा मिचिएको पाइएपछि जिआई पाइप गाडिए । चाँडै मिचिएको दशगज्जालाई खाली गर्न भारतीय पक्षद्धारा समहती जनाएपनि सो अनुसारको कार्यान्वयन नभएपछि हिजोको बैठकमा उक्त भद्र सहमतीलाई कायम गराउन भारतीय समकक्षीको ध्यानाकर्षण गराए ।

बैठकमा उठेका प्रमुख मुद्दाहरु

सिमा स्तम्भ ३४७ जिर्ण बन्दै गएको हुँदा त्यसलाई मर्मत गर्नुपर्ने, सिमा वारिपारीबाट हुने अबैध तस्करी बन्द गर्नुपर्ने, हातहतियारको ओसारपसार माथि निगरानी बढाउने, पशुचौपायाको तस्करी बन्द गर्नुपर्ने, नेपाली र भारतीय अपराधीहरु अपराध घटाएर निर्भिक भई दुवै देशमा शरण लिएर बसेकाहरुलाई नियन्त्रणमा लिन सहकार्य गर्ने, बर्षा र बाढीको अवस्थालाई एक अर्का विच जानकारी साझा गर्ने बैठकमा कार्यान्वयन गर्ने सहमती भएको छ ।
यस्तै बाढीको समयमा भारतीय बाँधमा प्राकृतिक रुपमा पानी निकासको लागि बनाइएको सुलिस गेटलाई नियमित रुपमा खोल्नुपर्ने सहमती भएको, कोभिड १९ को व्यवस्थापनमा दुई पक्षिय सहयोग अदानप्रदान गर्ने, अत्यावश्यक मेडिकल इमरजेन्सीलाई सहज रुपमा आवागमनको व्यवस्थापन मिलाउने र आवश्यकता अनुसार समय समयमा दुई पक्षिय संवादलाई जारी राख्ने भद्र सहमती भएको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए ।

इण्डो नेपाल सिमा वैठकमा उपस्थित नेपाल र भारतीय अधिकारीहरु

पूर्वी चम्पारण जिल्लाको मुख्यालय मोतिहारीको राधाकृष्ण भवनमा भएको इण्डो नेपाल बैठकमा नेपाल प्रहरी रौतहटको एसपी सिद्धिविक्रम शाह, सशस्त्र प्रहरीका एसपी सुर्य बहादुर सेन ओली, राष्ट्रिय अनुसन्धानको उप निर्देशक मुकुण्ड खड्का तथा पूर्वी चम्पारणका डिएम कपिल अशोक, एसपी नविनचन्द्र झा सहितको भारतीय पदाधिकारीहरुको उपस्थिति रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएका छन् ।

इण्डो नेपाल सिमा वैठकमा मायाँको चिनो प्रदान गरिदै

बैठकमा आ आफनो समकक्षी पदाधिकारीहरुलाई मायाको चिनो दिए भने नेपाली अधिकारीले पशुपती नाथको मन्दीर र बुद्ध स्तुप भएको मायाको चिनो प्रदान गरे तथा भारतीय समकक्षीले पनि प्रजिअ यादवलाई मायाको चिनो प्रदान गरेर सम्मानित गरेका छन् ।

भारतीय प्रहरी अधिकृतद्धारा प्रजिअ यादवलाई सलामी अर्पण

इण्डा नेपाल सिमा बैठकमा भाग लिन पूर्वी चम्पारण जिल्ला मुख्यालय पुगेका रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाइ मोतिहारी कलेक्ट्रीएटमा मोतिहारी प्रहरी अधिकृतहरु सम्मिलित महिला एवं पुरुषहरुद्धारा सम्मान स्वरुप सलामी अर्पण गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै