रौतहट, २९ असोज । गौर कारागारमा रहेका कैदीबन्दीहरुलाई आउने चामल पसलमा विक्री भएपछि रौतहट प्रहरीले आईतवार साँझा छापा मारेर ११४ बोरा चामल बरामद गरेका छन् ।
गौर कारागारमा कदैबन्दीको जीवन विताउदै आएकाहरुलाई नेपाल सरकारले प्रतिदिन ७०० ग्राम चामल र ८० रुपैया नगद प्रतिव्यक्ति दिदै आएकोमा आईतवार घटस्थापना बिदाको मौका छोपी गौरको बरहवा पुल तर्फ जाने बाटोमा खाद्यान्न पसलमा कारागारका मुख्य चौकीदार मनोजकुमार बैठाले विक्री गरेको केही वेरमै जिल्ला प्रहरी कार्यालय गौरलाई प्राप्त भएको सुचनाको आधारमा उक्त पसलमा छापा मार्दा ११४ बोरा चामल बरामद गरेका थिए ।
हिजो ५५ बोरा चामल विक्री गरेपनि पहिला विक्री गरिएको बोरा समेत त्यही फेला परेका गरी कुल ११४ बोरा (प्रति बोरा ५० केजी) फेला परेको जिल्ला प्रहरी कार्यालय गौरको श्रोतले बतायो ।
प्रहरीले बरामद गरेको चामलको बोरा नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानको लागि जिल्ला प्रशासन कार्यालय रौतहटलाई जाहेर गरिएको बताइएको छ । यस सम्बन्धमा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले कैदीबन्दीहरुको लागि आएका चामल पसलबाट बरामद भएको प्रहरी प्रतिबेदनबाट थाहा भएपछि आवश्यक अनुसन्धान भईरहेको बताए ।
गौर कारागारका जेलर मणीभुषण साहले कैदीबन्दीहरुलाई राज्यबाट पाउदै आएको दैनिक चामल स्केल ७०० ग्राम चामल खान नसक्दा बढि भएर चौकीदारको मार्फत विक्री गरेर सागसब्जी, माछामासु खाने गरेको जानकारी दिए । राज्यबाट पाउने चामल सोना मन्सुली आउने गरेको कतिपय कैदीहरु मसिनो र बासमती चामल खाने गरेको हुँदा विक्री गरेको स्वीकार गरे ।
खाना पकाउदा ग्यास, तेल, मसला लगायतको सामानहरु खरिद गर्ने प्रयोजनबाट विक्री गर्ने गरेको उलने स्पष्ट पारे । गौर कारागारमा २०० क्षमता भएपनि २० महिला बालबालिका सहित करिव ४०० को संख्यामा कैदीबन्दीहरु रहेको बताए ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन