रौतहटमा भाईरल ज्वरोको प्रकोट बढ्दो

   १२ श्रावण २०७८, मंगलवार १५:१२  

तराई टप संवाददाता
रौतहट, १२ साउन । साउन महिनाको गर्मी संगै रौतहट जिल्लाभरी भाइरल ज्वरोको प्रकोप बढेका छन् ।
भाइरल ज्वरो, टाइफाइड लगायतका विरामीबाट यतिखेर रौतहटबासीलाई सामना गर्नु परेका हुन् । कोभिड १९ को महामारीको असर न्यून भए संगै भाइरल ज्वरोबाट सिकिस्त हुनेको संख्या अत्याधिक रहेको चिकित्सकहरु बताउँछन् ।
गौर अस्पतालमा १५० भन्दा बढी भाइरल ज्वरो, टाइफाइडका विरामीहरु उपचार गराउन आउने गरेको छ । दुई तिन दिन सम्म घरमै उपचार गराएर बसेकाहरु निको नहुँदा समुचित उपचारको लागि यहाँ आउने गरेको गौर अस्पतालको इमरजेन्सी कक्षका चिकित्सक पंकज ठाकुरले बताए ।
चर्को घाम र गर्मीको कारण असार साउन महिनामा भाइरल ज्वरो, टाइफाइड, डायरिया जस्ता विरामीहरुको प्रकोट बढ्ने गरको हुँदा यसपाली त्यस्ता विरामीहरुको संख्यामा निकै वृद्धि भएको बताए । गौर अस्पतालमा मात्रै दैनिक १५० भन्दा बढि विरामीहरु आउने गरेको उदाहरण मात्रै हो उनले भने । गौर, गरुडा, चन्द्रपुर, कटहरिया, समनपुर लगायतको स्थानहरुमा रहेका सरकारी अस्पताल, स्वास्थ्य चौकी, निजी क्लिनिकहरु तथा निजी नर्सिंग होमहरुमा विरामीहरुको चाप अत्याधिक रहेको उनले जानकारी दिए । अधिकाँश घरपरिवारका सदस्यहरुमा अहिले रुघाखोकी लाग्ना साथ ज्वरोको भईहाल्ने गरेको हुँदा एक अर्कोको सम्पर्कमा जानबाट बच्नुपर्ने बताए ।
यस्ता विरामीहरुको प्रभावबाट बाँच्नका लागि मनतातो पानीको सेवन, साबुनपानीले हात धुनु, सेनेटाइजरको प्रयोग गर्नुपर्ने, मास्क लगाउनु पर्ने अन्य व्यक्तिको सम्पर्कबाट जोगिनुपर्ने, हरियो साग सब्जीहरुको खानुपर्ने सकभर विरामी भई हाले वित्तिकै एन्टिबाइटिकको प्रयोग नगर्ने जस्ता सुझाव दिए । चर्को घामबाट बच्नुपर्ने बताउदै गौर अस्पतालमा उपचार गराउन आउने विरामीहरुको लागि औषधी लगायतका अन्य सेवा सुविधाहरु उपलब्ध रहेको कारण चिन्ता गर्नुपर्ने अवस्था नरहेको चिकित्सक ठाकुरले भने ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै