रौतहट, १ कार्तिक । त्रिकोणिय टि २० क्रिकेट म्याचको पहिलो खेल नेपालले ७ विकेटबाट युएईलाई हराउदै विजयी सुरुआत गरेको छ ।
नेपाली क्रिकेट टोलीका क्याप्टेन रोहित पौडेलले आफ सेन्चुरी लगाउदै नेपाललाई सात विकेटबाट जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरे उनलाई दिपेन्द्र सिंह ऐरीले गम्भीर भएर साथ दिदा नेपाल युएई माथि ७ बल रहदै जित हाँसिल गर्न सफल भएका छन् ।
काठमाडौंको मुलपानी रंगशालामा आज देखि नेपाल, युएई र हंगकंग गरी त्रिकोणिय टि २० क्रिकेट प्रतियोगिता सुरु भएका छन् । नेपालले टस जितेर ब्याटिंग गर्न पाहुना टोली युएईलाई निमन्त्रण दिएपछि युएई ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १४० रनको योगफल तयार पारेर नेपाललाई जितको लागि १४१ रनको टार्गेट दिए ।
नेपालका लागि ओपनर कुशल भुर्तेल १४, आशिफ शेखले २३, कुशल मल्ल ११ रन बनाएर पभेलियन फर्किए । ५१ रनमै नेपालले तिन विकेट गुमाएपछि नेपाली क्याप्टेन रोहित पौडेल र दिपेन्द्र सिंह ऐरिले महत्वपूर्ण ९१ रनको पार्टनरसिप निर्वाह गरेर नेपाल विजयी लक्ष्य पार गरे ।
रोहित पौडेलले ४० बलमा ५ चौकाको मद्दतबाछ अविजित रहदै ५१ रन तथा दिपेन्द्र सिंह एरिले २३ बलमा एक छक्का ३ चौंकाको मद्दतबाट अविजित रहदै ३४ रन बनाएर आफनो टिमलाई त्रिकोणात्मक टि २० क्रिकेट सिरिजमा अग्रता दिलाए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन