महिला हिंसा सहित विभिन्न खाले अपराधलाई नियत्रण गर्ने प्रदेश प्रमुख रंजितकारको दाबी

तराई टप संवाददाता
रौतहट, १३ साउन । नेपाल प्रहरीको डिआईजी तथा प्रदेश २ प्रहरी प्रमुख उमेश रंजितकारले प्रदेशमा वृद्धि भएका अपराधको चैन भत्काएर अपराधमुक्त प्रदेश बनाउने तर्फ नेपाल प्रहरी सक्रिय भएर लागेको बताए ।
प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी पाएपछि पहिलो पटक रौतहट जिल्लाको अनुगमन गर्दै जिल्ला प्रहरी कार्यालय गौरमा पत्रकारहरु संग संक्षिप्त कुरा गर्दै २४ औं घण्टा प्रहरी खटेर अपराधिक गतिविधिलाई नियन्त्रण गर्नुका साथै विभिन्न खाले अपराधिक घटनालाईहरुलाई निरुत्साहित गर्न नेपाल प्रहरी सक्रिय भएर लागेको स्पष्ट पारे ।
लागु औषधको कारोवार देखि लिएर सिमा बन्द भएपनि सिमा वारिपारीबाट हुने अवाञ्छित कार्यमाथि सुक्ष्म निगरानी राखेर नियन्त्रणको प्रयासमा अहोरात्रि प्रहरी खटिएको बताए । समाजमा घटिने महिला हिंसा, यौन हिंसा, घरेलु हिंसा लगायतका हिंसाको घटनाका दोषिहरुलाई पहिचान गर्न सफल रुपमा अनुसन्धान गरी कानुनी कारवाहीको दायरामा आपराधीलाई ल्याउने कार्य निरन्तर रुपमा जारी रहेको हुँदा जनताको नेपाल प्रहरी प्रतिको विश्वास बढेको जिकिर गरे ।
अत्याधुनिक बैठक कक्षको उदघाटन
जिल्ला प्रहरी कार्यालय गौरमा गढीमाई, वृन्दावन, बौधीमाई, गौर, राजदेवी, राजपुर, गरुडा, गुजरा, इशनाथ, देवाही गोनाही, माधवनारायण, परोहा र दुर्गा भगवती गरी १३ वटा स्थानीय तहको सहयोगबाट प्राप्त भएको ३६ लाख रुपैयाबाट नवनिर्मित भएको अत्याधुनिक बैठक कक्षको डिआइजी रंजितकारले उदघाटन गरेको रौतहट प्रहरीको एसपी सिद्धिविक्रम शाहले बताए ।
सामुहिक तस्वीर सेसन