73
Shares
ढाका, १२ कार्तिक । (पीटीआई) बंगलादेश प्रहरीले आइतबार विपक्षी दल बीएनपीका एक वरिष्ठ नेतालाई गिरफ्तार गरेको छ ।
उनको पार्टीले आयोजना गरेको सरकार विरोधी रयालीमा भएको साँघातिक झडपमा दुई जनाको ज्यान गएको एक दिनपछि, आम चुनावको पूर्व अनुमान गरिएको देशमा तनाव बढे पछि विपक्षी दलका नेतालाई गिरफतार गरिएको हो ।
बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का महासचिव मिर्जा फखरुल इस्लाम आलमगीरलाई गुलशन नजिकैको उनको घरबाट पक्राउ गरिएको पार्टीको प्रेस विंगका एक अधिकारीले बताए ।
ढाकामा सत्तारुढ र विपक्षी दलहरूले आह्वान गरेको रयालीमा शनिबार हिंसा भड्कँदा एक बंगलादेशी प्रहरी र एक बीएनपी कार्यकर्ताको मृत्यु हुनुका साथै सुरक्षाकर्मी सहित दुई सयभन्दा बढी व्यक्ति घाइते भएका थिए ।
श्रोतः पीटीआई
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन