free download zoom meeting download zoom portugues download emojis for zoom downloadable zoom app zoom meeting free download for windows download zoom pc windows 10

विदाको दिनमा विना पासको सरकारी सवारी साधन गुडाएमा सुरक्षाकर्मीले नियन्त्रणमा लिने

   १३ श्रावण २०७८, बुधबार १७:४७  

तराई टप संवाददाता
रौतहट, १३ साउन । विदाको दिनमा सरकारी नम्बर प्लेट भएको सवारी साधन पास लिएर मात्रै प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय रौतहटले सुचना जारी गरेका छन् ।
जिल्ला भित्र रहेका सम्पूर्ण स्थानीयत तह, सरकारी कार्यालयहरुमा रहेका सेतो नम्वर प्लेट भएको सवारी साधनहरु प्रयोग गर्दा अनिवार्य रुपमा जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयबाट अनिवार्य रुपमा पास लिएर मात्रै प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय रौतहटले पत्र जारी गरेका हुन् ।
सरकारी अस्पताल। सरकारी एम्बुलन्स, सुरक्षा निकायको सवारी साधन बाहेकको हकमा विना पासको यात्रा नगर्न उक्त पत्र जारी गरिएको छ । पास नलिकन सवारी साधन प्रयोग गर्दा विभिन्न स्थानमा खटिएका सुरक्षाकर्मीहरुले चेकजाँचको क्रममा नियन्त्रणमा लिन सक्ने उक्त पत्रमा उल्लेख गरिएको छ साथै सरकारी कामकाजको सिलसिलामा काठमाडौं जाँदा पनि अनिवार्य रुपमा पास लिनुपर्ने प्रावधान रहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवद्धारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै