80
Shares
रौतहट, १३ कार्तिक । टी–२० विश्वकप क्रिकेटमा एसियाली देशबाट छनौट खेलमा नेपालले सिंगापुरलाई ८ विकेटबाट हराउदै विजयी सुरुआत नेपालले गरेका छन् ।
त्रिविवि खेल मैदानमा सोमवार सिंगापुरले टस जितेर पहिलो ब्याटिंग गरेपछि निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४५ रनको योगफल तयार गरेर १४६ रनको लक्ष्य नेपाल समक्ष रााखेका थिए । नेपालले १६.३ ओभरमा दुई विकेटको क्षतिमा विजयलक्ष्य पुरा गर्दै नेपालले सुखद सुरुआत गरेका हुन् ।
नेपालको जितमा ओपनर कुशल भुर्तेलले ७४ रन योगदान गरे । आसिफ शेखले २७ रन बनाए । कप्तान रोहित पौडेल ३५ र कुशल मल्ल ६ रनमा नटआउट रहे । कुशलले पहिलो विकेटका लागि आशिफ शेखसँग ८४ रनको साझेदारी गरेका थिए । यो नेपाली ओपनर जोडीले २ वर्षपछि गरेको उच्च साझेदारी हो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन