बारा, १३ कार्तिक । बाराको कलैया उपमहानगरपालिकामा अज्ञात समुहको गोली प्रहारबाट एक निजी विद्यालयको प्रिन्सिपलको मृत्यु भएको छ ।
सोमबार दिउँसो सबा १ बजेको समयमा मोटरसाइकलमा आएका अज्ञात समूहले चलाएको गोली लागेर गम्भीर घाइते भएका रुपेश सर्राफ माथि अन्धाधुन्ध गोली प्रहार गर्दा गम्भीर घाइते भएपछि उपचारको लागि वीरगञ्ज स्थित नेपाल मेडीसिटी वयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
पर्सा प्रहरीका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) कोमल शाहका अनुसार सोमबार दिउँसो गोली लागि गम्भीर रूपले घाइते भएर उपचारका लागि वीरगञ्ज ल्याइएका सर्राफको उपचारका क्रम मृत्यु भएको छ । उनको टाउको, छाती र घाँटीमा गरी तिन वटा गोली लागेको बताए ।
३५ वर्षीय सर्राफ कलैयास्थित बाल एकता इङ्ग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल रहेका थिए । सर्राफ स्कूलबाट कलैया बजार तर्फ जाँदै गर्दा उनीमाथी कलैया उपमहानगरपालिका ६ स्थित मदर्शा टोलमा रहेको पन्ना देवी स्कूल अगाडि दुई वटा मोटरसाइकलमा सवार चार जनाको अज्ञात समूहले गोली प्रहार गरेको थियो ।
गोली प्रहारबाट गम्भीर घाइते सर्राफलाई सुरुमा कलैयास्थित प्रादेशिक अस्पतालमा लागिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि वीरगञ्जस्थित नेपाल मेडीसिटी वयोधा अस्पतालमा ल्याइएको थियो । यहाँ उपचारका क्रममा उनको मृत्यु भएको एसपी शाहले जानकारी दिए ।
घटनास्थलमा अहिले बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुरेश प्रसाद काफ्ले पुगेका छन् । गोली प्रहार गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन