रौतहट, १३ कार्तिक । फतुवा विजयपुर नगरपालिकाकी कार्यवाहक मेयर अम्ब्या खातुनले उपसचिवलाई हाजिर गराउने विषयलाई लिएर वडा अध्यक्षहरुले अनावश्यक विरोध गरी नगरपालिकालाई भ्रष्टाचारको अखाडा बनाई अस्तव्यस्त बनाएको आरोप लगाएकी छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केहि दिन अघि नगरपालिकाको कार्यालय प्रमुखमा पठाएको उपसचिव सुरेन्द्र प्रधानलाई आफुले हाजिर गराउन खोजेपनि वडा अध्यक्षहरुले अझै हाजिर हुन नदिएको खातुनले उक्त आरोप लगाएकी हुन् ।
रिपोर्टर्स क्लब नेपाल रौतहटको साक्षात्कार कक्ष गौरमा आइतवार पत्रकार सम्मेलनको आयोजना गरी फतुवा विजयपुरकी कार्यावाहक मेयर खातुनले उक्त आरोप लगाएको छ र
यसअघि पालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका शम्भु यादवको मिलोमतोमा वडा अध्यक्ष, कार्यपालिका सदस्य सहित अन्य व्यक्तिहरुले समेत ठुलो आर्थिक अनियमितता गरेकोमा अब भ्रष्टाचार हुन नदिन आफुले सरकारले पठाएको उपसचिव प्रधानलाई हाजिर गराई काम गर्ने वातावरण बनाउन खोजेपनि सबै वडाका वडा अध्यक्षहरुले प्रधानलाई हाजिर गराउन नचाहेको र अनावश्यक वादविवाद, बाधा अवरोध सृजना गरी नगरपालिकालाई रणभूमिमा परिणत गराएकी गम्भीर अरोप लगाइन् ।
वडा अध्यक्षहरुले भ्रष्टाचार गर्ने उद्देश्यले उपसचिव प्रधानलाई हाजिर गराउन नचाहेको र निमित्त प्रशासकीय अधिकृत शम्भु यादवलाई नै पुन हाकिम बनाई राख्न खोजेको उनले बताईन । वडा अध्यक्षहरुले निमित्त प्रशासकीय अधिकृत यादवलाई हाकिम बनाउन चाहेपनि आफुले कुनै हालतमा यादवलाई हाकिम नबनाउने उनले दावी गरिन ।
निमित्त प्रमुख यादवसंग मिलेर भ्रष्टाचार गर्न पल्केका वडा अध्यक्षहरुले फेरी निमित्त हाकिम यादवलाई राख्न जति प्रयास गरेपनि आफुले उनिहरुको त्यो प्रयास सफल हुन नदिन उनले बताईन ।
वडा अध्यक्षहरुको अनावश्यक हस्तक्षेप र अडानका कारण अहिले सम्म प्रमुख प्रशासकीय अधिकृत प्रधान कार्यालयमा हाजिर भई कामकाज गर्न नपाउँदा आउँदै गरेको हिन्दुहरुको चाड दीपावली र छठ पर्वमा समेत कर्मचारी तथा शिक्षकहरुलाई तलव खुवाउने अवस्था नरहेको उनले बताए ।
पत्रकार सम्मेलनमा बोल्दै कार्यवाहक मेयर खातुनकी श्रीमान शेख सेराजले गत वर्ष मात्र नगरपालिकामा ७ करोड भ्रष्टाचार भएको आरोप लगाए । भ्रष्टाचार मुद्दामा निलम्बित भएका मेयर गोपाल यादव, सहित उक्त क्षेत्रका प्रदेश साँसद र उनका भाईको कारण नगरपालिका भ्रष्टाचारको अखाडा बनाएको सेराजले आरोप लगाए ।
यी तिनै जनाको प्रत्यक्ष संलग्तामा र निर्देशनमा निमित्त प्रशासकीय अधिकृत शम्भु यादवले अनुगमन समितिको संयोजक उपमेयर अम्ब्या खातुनसंग हस्ताक्षर नै नगराई लागत इस्टिमेट अनुसार कामै नगरी ७ करोड जति रकम भुक्तानी गरिसकेको उनले बताए ।
अनुगमन समितिको संयोजक खातुनलाई कुनै जानकारी नै नदिई कामै नभएको योजनाहरुको ७ करोड रकम भुक्तानी गरी हाकिम यादवले ठुलो आर्थिक अनियमितता गराएको उनले बताए ।
तत्कालिन नगर प्रमुख गोपाल यादव, त्यस क्षेत्रका प्रदेश साँसद र तिनका भाईले हाकिम यादवलाई प्रयोग गरेर उपमेयरको हस्ताक्षर विना अधुरै कामको भुक्तानी गराएर करोडौ भ्रष्टाचार गरेर पालिकालाई कमाई खाने भाडो बनाइदिएको उनले आरोप लगाए ।
उनिहरुले करोडौं करोड गरेको भ्रष्टाचारको पोल खुल्ने डरले अनुगमन समितिको संयोजक खातुनसंग हस्ताक्षर नगराएको उनको भनाई छ । तिनै जनाले पहिला खातुनको हस्ताक्षर विनै करोडौ रकम भुक्तानी गराएपनि अहिले कामै नभएको उक्त योजनाको फाइलमा हस्ताक्षर गर्न खातुनलाई दबाब दिएको बताउँदै उनले कामै नभएको योजनाको फाइलमा खातुनले हस्ताक्षर गर्न नमान्दा उनिहरुले वडा अध्यक्षहरुलाई उचालेर आन्दोलन गराई नगरपालिकालाई अस्तब्यस्त बनाएको बताए ।
तिनै जनाले भ्रष्टाचार गर्ने नियतका साथ उपसचिव प्रधानलाई जसरी पनि हाजिर हुन नदिने पक्षमा रहेको उनले बताए ।
उनिहरुले आफु अनुकुल चल्ने निमित्त प्रशासकीय अधिकृत यादवलाई फेरी हाकिम बनाएर पालिकामा ब्रहमलुट मच्चाउन चाहेकोले आफुले कुनै हालतमा त्यस्तो हुन नदिने उनले बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन