पाकिस्तानी राजदूत हैदर र प्रधानमन्त्री देउवा विच शिष्टाचार भेटघाट

   साउन १५, २०७८  
1.4K Shares

 

तराई टप संवाददाता
काठमाडौं, १५ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा सँग नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदरले शक्रवार शिष्टाचार भेट गरेको छ ।
राजदूत हैदरले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज गएर प्रधानमन्त्री दउवालाई बधाई दिदै शिष्टाचार भेट गरेको हो ।
भेटमा उहाँहरुबीच नेपाल र पाकिस्तानबीच रहँदै आएको साझा चासो र द्विपक्षीय हितका विषयमा छलफल भएको बताइएको छ । प्रधानमन्त्री देउवा र राजदूत हैदर दुबैले नेपाल र पाकिस्तानबीचको द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउने बारेमा समेत विचार विमर्श भएको बताइएको छ ।
नेपाल र पाकिस्तानवीच टुटेको सीधा हवाई उडान सुचारु गर्ने वारे इस्लामावाद स्थित नेपाली राजदूत तापस अधिकारीले कुराकानी अघि बढाएको छ । भेटको क्रममा पाकिस्तानी राजदूत हैदरले प्रधानमन्त्री देउवालाई पाकिस्तानी गलैचा भेटमा दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै