84
Shares
हरिवन (सर्लाही), १५ कार्तिक । सर्लाहीको हरिवनमा तिन दिने निशुल्क आँखा शिविर बुधवार देखि सुरु भएको छ ।
डक फाउण्डेशनको आर्थिक सहयोगमा, स्थानीय आयोजक हरिवन नगरपालिका हरिवन र आँखा उपचार केन्द्र बाल पोषण केन्द्र हरिवन सर्लाही तथा नेत्र ज्योती संघ गौर आँखा अस्पताल पुरेनवा रौतहटको आयोजनामा आज देखि तिन दिने निशुल्क आँखा शिविर सुरु भएको हो ।
विहान ९ बजे देखि ३ बजे सम्म संचालन भएको निशुल्क आँखा शिविरमा १५६ जना आँखाको विरामी भएकाहरुले परिक्षण गराएको जसमध्ये ३६ जनामा मोतियाबिन्दु देखा परेको हुँदा उनीहरुलाई निशुल्क शैल्यक्रिया गरिने निशुल्क शिविरका कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेले जानकरी दिए ।
यस्तै शिविरमा आएका ३२ जनालाई निशुल्क औषधी वितरण गरिएको जानकारी दिए ।



बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन