meeting app like zoom zoom pc download windows 11 zoom webinar software download install zoom app on my computer zoom app hack

कोरोना भाईरसबाट संक्रमितहरुको संख्या बढ्दो, पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु

   १५ श्रावण २०७८, शुक्रबार १९:०८  

तराई टप संवाददाता
रौतहट, १५ साउन । कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामासंक्रमण पुष्टि भएको छ ।
९ हजार ७८३ पीसीआर परीक्षण गर्दा २ हजार ४६७ जना तथा ४ हजार ८७८ एन्टिजेन परीक्षणमा १ हजार १४४ गरी ३ हजार ६११ जना कोरोना भाइरसबाट संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ भने १ हजार ८१६ जना निको भएका छन् । शुक्रबार थपिएका संक्रमित गरी नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ९३ हजार १०९ पुगेको छ । तीमध्ये ९ हजार ८३४ जनाको मृत्यु भएको छ भने ६ लाख ५२ हजार २६१ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार १४ जना रहेका छन् । जसमध्ये २७ हजार ८२० जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार १९४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६८६जना आईसीयू र १६१ जना भेन्टिलेटरमा उपचाररत् छन् । १० वर्षमुनिका ७६ बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २०६ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै