बलरा (सर्लाही), १६ कार्तिक । सर्लाहीको पश्चिमी भेगमा पर्ने बलरा, छतौना, बहादुरपुर, मधुवनी, अर्नाहा नाकाबाट पशुचौपाया (भैंसी, पाडापाडी) को तस्करी निर्वाध रुपमा जारी नै रहेको पाइएका छन् ।
सर्लाही प्रमुख फेरिएपछि पशुचौपायाको तस्करीमा निकै वृद्धि भएको स्थानीय बासिन्दाहरुले बताएका हुन् । खास गरेर बलराको विभिन्न नाकाहरु, अर्नाहा, छतौना, मधुबनी, बहादुरपुर, छनकी लगायतको विविध नाकाहरुबाट अहिले भैंसी, पाडापाडी लगायतको पशुचौपायाहरुको तस्करी निर्वाध रुपमा भईरहेको छ ।
पशुचौपायाको तस्करीमा बलरा नपा ९ अचलगढका मनोज यादव, बलरा ३ का सरोज यादव, निर्मल सिंह, बलरा ८ का महबुल मिया, राजमंगल राय लगायतका व्यक्तिहरु संलग्न रहेको श्रोतले बताए । यिनीहरु इप्रका बलराका इन्चार्ज प्रनानी जितेन्द्र चौधरीको संलग्तामा कारोवार संचालन भईरहेको पाइएका छन् । त्यस्तै अर्नाहा, मधुबनी, बहादुरपुर लगायतका प्रहरी युनिट र सशस्त्र प्रहरीको विओपी संलग्न रहेको ति श्रोतले दाबी गरेका छन् ।
त्यती मात्रै नभई अर्नाहा भएर दैनिक ३५ देखि ४० टेलर गिटी बालुवा भारत तर्फ तस्करी जारी छ उक्त कार्य नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलोमतोमा जारी रहेको बताइएको छ । बलरा नाका भएर बरहथवाका कपडा व्यापारी अबधेश यादवले ठूलो परिमाणमा सीमापारी बसविटा, मेजरगञ्ज लगायतका बजारबाट ल्याएका कपडाहरु लाखौंको राजस्व छलेर भित्रयाउने गर्दा पनि सम्बध निकाय मौन रहेको पाइएका छन् ।
सेटिंग नभएका व्यापारीहरुको सामान सर्लाही प्रहरीले समातेर भन्सार कार्यालयमा बुझाउने गरेको श्रोतको दाबी छ । श्रोतका अनुसार सर्लाहीको पश्चिमी भेग भएर पशुचौपाया, खाद्यान्न, कपडा, कष्मेटिक सामानको साथै ठूलो परिमाणमा लागुऔषधको ओसारपसार भईरहेका छन् । उक्त अबैध कार्यहरु सीमापारीबाट आएर सिधैं बरहथवा जाने गरेको छ । बरहथवा प्रहरीको संलग्नतामा उक्त अबेध कार्य फस्टाउदै गएको गम्भीर आरोप लागेका छन् ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन