फाइनलमा प्रवेशको लागि नेपालले पायो १३५ रनको लक्ष्य

रौतहट, १७ कार्तिक । टि २० विश्वकप छनोटको सेमिफाइनल जित्नको लागि युएईले नेपाल समक्ष राखे १३५ रनको लक्ष्य ।
काठमाडौंको मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रन बनाएको हो ।
युएईका लागि वृत्य अरविन्दले सर्वाधिक ६४, कप्तान मोहम्मद वासिमले २६, अलिसान सराफुले १६ र आसिफ खानले १३ रन जोडे ।
नेपालका कुशल मल्लले ३, सन्दीप लामिछानेले २, रोहित पौडेल र सोमपाली कामीले १–१ विकेट लिएका थिए ।
आजको खेल जितेमा नेपाल फाइनलमा प्रवेश गर्दै २०२४ मा अष्ट्रेलियामा हुने टि २० विश्वकपको लागि क्वालिफाई गर्ने छन् ।