शंकाष्पद अवस्थामा १७ बर्षिय युवतीको शव फेला, एक जना प्रहरी नियन्त्रणमा

   २१ आश्विन २०७७, बुधबार २२:२४  

रौतहट, २१ गते । दुर्गा भगवती गाउँपालिकाको छतौना गाउँमा १७ बर्षिया युवतीको शंकाष्पद अवस्थामा बुधवार शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटको अनुसार दुर्गा भगवती गाउँपालिका ४ छतौना गाउँ बस्ने लाल महम्मद धुनियाको १७ बर्षिया छोरी रोबिना मन्सुरीको मृत अवस्थामा आज आज साँझ ४ बजेको समयमा फेला परेको हो ।
छतौना गाउँकै ३३ बर्षिय फुल महम्मद, ४२ बर्षिय लाल महम्द, ५० बर्षिय नसरुद्दीन मन्सुरी र निजकै श्रीमती ४३ बर्षिया सहनाज मन्सुरी सहित चा जना मिलेर छिमेकी जनरल कवाडीको घरमा राखेर गएको प्रत्यक्षदर्शीहरुले इलाका प्रहरी कार्यालय गंगा पिपरालाई खवर गर्दा तत्कालै थप मद्दत साथ छतौना गाउँमा प्रहरी पुगेर अनसन्धान कार्य गरिरहेको सो कार्यालयले जनाएका छन् ।
प्रहरीले फुल महम्मदलाई नियन्त्रणमा लिइसकेको तथा जुनैद मियाँ लगायतका फरार व्यक्तिहरुको खोजतलाशको साथै अनुसन्धान कार्य भईरहेको डिएसपी भरत श्रेष्ठले जानकारी दिए । मृतकको घाँटीमा डाम जस्तो दाग देखिएको हुँदा शवलाई पोष्टमार्टम सहितको आवश्यक प्रक्रिया पुरा गर्न गौर अस्पतालमा शव लगिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै