पूर्व युवराज पारस शाहद्धारा प्रहरीलाई दुव्र्यवहार

610 Shares

तराई टप संवाददाता
काठमाडौं, १६ साउन । पूर्व युवराज पारस शाहले विना हेलमेटको मोटरसाइकल चलाइरहदा उनलाई ट्राफिक प्रहरीले हेलमेट लगाउनु भन्दा प्रहरीलाई दुव्र्यवहार गरेका छन् ।
शुक्रवार राति काठमाडौंको महराजगञ्जमा ट्राफिक प्रहरीले विना हेलमेट मोटरसाइकल चलाइरहेको अवस्थामा रोक्दा पूर्व युवराज शाह रहदा उनलाई कारवाही नगरी हेलमेट लगाउन आग्रह गरेका थिए । तर शाहले गल्ति स्वीकार्नुको साटो उल्टै ट्राफिक प्रहरीलाई दुव्र्यवहार गरे । महानगरीय प्रहरी वृत महाराजगञ्ज र ट्राफिक प्रहरीले हेलमेट बिना उनलाई अगाडी बढ्न नदिएपछि उनका सहगोगीले हेलमेट ल्याएका थिए ।
सहयोगीले हेलमेट ल्याएपछि प्रहरीले उनलाई सम्झाएर पठाएको काठमाडौंका एसएसपी अशोक सिंहले जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार