52
Shares
पश्चिम रुकुम, १८ कार्तिक । शुक्रबार मध्यरातिमा आएको विनाशकारी भूकम्पमा परेर पश्चिम रुकुमका एकै वडामा २७ जनाको मृत्यु भएको छ ।
पश्चिम रुकुमको आठबीसकोट नगरपालिका वडा नम्वर १४ बाँकेडाँडा, हल्देटोल, ज्यामिरकोट, छेपारे, बाँकेटोल र पिपलचौर सहितका गाउँमा २७ जनाको मृत्यु भएको पुष्टि भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार अहिलेसम्म रुकुम पश्चिममा मृत्यु हुनेको संख्या ३८ पुगेको छ । तर त्यसमध्ये आठबीसकोट–१४ का मात्रै २७ जना छन् । त्यसमध्ये हल्देटोलका २, ज्यामिरकोटका ९, छेपारेका ११, बाँकेटोलका १ र पिपल चौरका १ जनाको मृत्यु भएको बताइएको छ । यहाँ अहिले पनि खोज तथा उद्धारको काम चलिरहेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन