zoom minimum requirements pc - zoom minimum requirements pc download zoom para windows zoom glitch sound download download zoom for pc 2022 zoom download msi installer

बहुचर्चित ३३ किलो सुन प्रकरणमा फरार आरोपी भोजराज भण्डारी पक्राउ

   १६ श्रावण २०७८, शनिबार ०८:३५  

तराई टप संवाददाता
रौतहट, १६ साउन । बहुचर्चित सुन तस्करी प्रकरणमा फरार रहदै आएका आरोपी भोजे मामा भन्ने भोजराज भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले शुक्रवार गौशालाबाट पक्राउ गरको भोजे मामा ति व्यक्ति हुन जो कुख्यात सुन तस्कर गोरेलाई सहयोग गर्दथे । उनी माथि मोरंगको उर्लावारी ७ का सनम शाक्यको हत्यामा संलग्न रहेको आरोप पनि लागेका थिए ।
झापा गौरादह नगरपालिका ८ घर भएका मोजराज भण्डारीको नाममा जिल्ला अदलात मोेरंगले वारेन्ट पुर्जी जारी गरेको थियो । काठमाडौंको रत्नराज्य स्कुल नजिकैबाट ३३ किलो सुन हराएपछि २०७४ साल फागुन १८ गतेका दिन गोरेको समुहले मोरंगका सनम शाक्यको हत्या गरेका थिए । पक्राउ परेका गोरेको एकाउन्टेन्टका अनुासर शाक्यको हत्यामा भोजराजको हात रहेको खुलासा गरेपछि उनी माथि हत्याको मुद्दा चलेको बताइएको छ ।
गृह मन्त्रालयका तत्कालीन सह–सचिव ईश्वरराज पौडेल नेतृत्वको छानबिन समितिले सनमको हत्या हुँदा भोजराज भण्डारीले पनि यातना दिएको निष्कर्ष सहितको प्रतिवेदन बुझाएको थियो ।
शाक्यले मिलेमतोमा सुन गायब पारेको भन्दै ‘गोरे’ को आदेशमा तस्कर समूहले चूडामणि उप्रेतीको समूहमा भोजराज भण्डारी २०७० देखी २०७२ को बिचमा आबद्ध भएर निरन्तर सुन तस्करीमा संलग्न थिए । सरकारी वकिल कार्यालय मोरङले उनीबिरुद्ध सङ्गठित तस्करी, अपहरण तथा शरीरबन्धक र हत्या बिरुद्धको कसुरमा सजाय हुन मागदाबी लिएर मुद्दा दायर गरेको थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै