रौतहट, २० कार्तिक । आम जनता पार्टीले विज्ञप्ती जारी गर्दै आरती साह हत्या प्रकरणलाई लिएर न्यायको लागि ११४ दिन देखि पीडित परिवार राजधानीको मुटु माइतघर मण्डेलामा संघर्ष गर्दै आएको प्रति सदन देखि सडक सम्म आम जनता पार्टीको साथ रहेको एक्युबद्धता दोहर्याएका छन् ।
हिन्दुहरुको महान चाँडपर्व बडा दशैं र आउन लागेको तिहार तथा छठ पर्वको वेलामा समेत आरती साहको पीडित परिवार काठमाडौंमा न्यायको लागि चिसो मौसममा माइतीघर मण्डेलामा अनवरत रुपमा संघर्ष गरिरहेको भएपनि ११४ दिन देखि न्याय पाउन सकिएको छैनन् उक्त विज्ञप्तीमा भनिएका हुन् ।
विज्ञप्तीमा अगाडी भनिएको छ, कठ्याग्रीदो चिसोमा खुला अकाशमुनी धर्नामा रहेका वेला गत असोज २४ गते अज्ञात समुहद्धारा गरेको साँघातिक हमला र सोको छानविन गरेर दोषिलाई कारवाही गर्नुको साटो पीडित परिवारलाई नै असोज २७ गते विहान ८ बजेको समयमा अभद्र व्यवहार एवं गालीग्लौज गर्दै अनामनगर प्रहरी वृतले गरेको अमानविय व्यवहार र गैर न्यायिक हिरासतको हर्कत जस्ता विभिन्न श्रंख्लाबद्ध घटनाक्रमले यस विषयमा राज्य कितको संवेदनशिल रहेको छ प्रष्ट भएका छन् ।
आरती साह हत्या प्रकरणलाई राज्य संबेदनशिल भएर पिडीतलाई उचित न्याय दिलाउन आम जनता पार्टी हर सम्भव लाग्ने केन्द्रीय प्रवक्ता चन्द्रभुषण साहद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट