राधेश्यम कुशवाहा
सर्लाही, २१ कार्तिक । सर्लाहीको बलरा नगरपालिका वार्ड न. १० सुदामा पार्टीको नेपाली काँग्रेसको ब्यानर दुरुपयोग गरेर चियापान कार्यक्रम गरेको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य पदको निर्वाचन २०७९ मा पार्टीको अधिकारिक उम्मेदवार विरुद्ध कार्य गरेर स्वतन्त्र उम्मेदवारको पक्षमा प्रचार–प्रसार र मत मागेर पार्टीको आधिकारिक उम्मेदवारलाई पराजय गराउन मुख्य भूमिका निर्वाह गरेपछि पार्टीको विधान अनुसार कारवाहीमा परेकाहरूले कार्तिक २३ गते बिहीवारका दिनमा पार्टीको नगर समिति आयोजक रहेको भनी दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम राखिएको भन्दै दिगभ्रमित गर्ने मनासायले सूचना प्रवाह गरे पछि नेपाली काँग्रेस क्षेत्र न.४ का क्षेत्रीय समितिले प्रेस विज्ञप्ति जारी गर्दै आपती प्रकट गरेको हो ।
साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएका तत्कालिन जिल्ला कार्य समितिका सदस्य नवीन कुमार सिंह र क्षेत्रीय प्रतिनिधि बालकिशोर सिंहले कांग्रेसको ब्यानर दुरुपयोग गरेर सामाजिक सञ्जालमा गरिएको सो प्रचारको पछि नलाग्न क्षेत्रीय सचिव वीरेन्द्र महतोले विज्ञप्तीमार्फत अपिल गरेका छन् ।
बलरा न.पा. वडा नम्वर १० सुदामा निवाशी तत्कालिन नेपाली कांग्रेस जिल्ला कार्य समिति सदस्य सिंह र क्षेत्रीय प्रतिनिधि निजको बुवा बालकिशोर सिंह गत स्थानीय निर्वाचन मा नेपाली कांग्रेस को तर्फबाट मेयर प्रत्यासी कौशल किशोर सिंह र वडा अध्यक्ष प्रभाकर सिंह को विरुद्धमा जसपा बाट मेयर प्रत्यासी नागेन्द्र झाको पक्षमा प्रचार प्रसार गरी नेपाली कांग्रेस उम्मेदवारलाई पराजय गराउन मुख्य भूमिका निर्वाह गरेको आरोप लगाएर कारवाही गरेका थिए ।
गत मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मा पनि पार्टीको उम्मेदवार नागेन्द्र कुमारको बिरुद्धमा स्वतन्त्र उम्मेदवार अमरेश कुमार सिंह को पक्षमा प्रचार प्रसार गरेर पार्टीको उम्मेदवारलाई पराजय गराउन मुख्य भूमिका खेलेपछि उम्मेदवारहरुको प्रमाण सहितको उजुरी र क्षेत्रीय कार्यसमितिको सिफारिसको आधारमा छानबिन गरी नेपाली कांग्रेस जिल्ला अनुशासन समिति सर्लाहीको मिति २०७९÷०७÷३० गते चुनाव प्रचार अवधिमा बसेको बैठकले निजहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निलम्बन गरेकोले निजहरु स्वतन्त्रबाट निर्वाचित सांसद अमरेश कुमार सिंह संगनै रहेको र अहिले आएर नेपाली कांग्रेस लाई कमजोर गर्न अमरेश कुमार सिंह को उकसाहटमा फेरी म नेपाली कांग्रेसमा नै हो भनि कथित रुपमा नेपाली कांग्रेसको कार्यकर्तालाई झुक्याउन नेपाली कांग्रेस नाम लिई अमरेश समर्थकको भेला गर्न खोजेको प्रति नेपाली कांग्रेस सर्लाही क्षेत्र नं.४ ले विज्ञप्ति निकाली सो कार्यको भत्सर्ना गर्दै सो प्रति सचेत रहन आफ्ना कार्यकर्ताहरुलाई अपिल गरेको नेपाली कांग्रेस मधेस प्रदेश सुचना सन्चार बिभागका सचीव निकेश त्रिपाठीले जानकारी दिए ।
नेपाली कांग्रेसका खोल ओढेर अन्य पार्टीलाई चुनावमा सघाउने, पार्टीलाई कमजोर बनाउने र पार्टीका कार्यकर्तालाई मुद्दामा फसाउने लगायतका यस्ता गतिविधि गर्ने जुनसुकै व्यक्तिलाई पार्टीले साधारण सदस्य समेत नरहने गरी कार्वाही गरिने उनको भनाई छ ।


प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट