भारतले विशेष सैन्य विमानद्धारा भुकम्प पीडितका लागि तेश्रो खेप राहत पठायो

36 Shares

बाँके, २४ कार्तिक । भारतीय सरकारद्वारा नेपालको भुकम्प पीडितका लागि राहत सामग्री लिएर भारतीय सैनिक विमान नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको छ ।
नेपालगञ्ज विमानस्थलमा पहिलो पटक भारतीय सेनाको विमानबाट आएको राहत सामग्री भारतीय राजदूतले उप्रधानमन्त्री तथा रक्षा मन्त्रीलाई हस्तान्तरण गरेको हो ।
भारतीय सरकारले जाजरकोट र पश्चिम रुकुमका भूकम्प पीडितका लागि आपतकालिन राहत सामग्री तेस्रो पटक नेपालगन्ज ल्याएको छ । भारतले विशेष सैनिक विमानबाट भूकम्प पीडितका लागि तेस्रो पटक नेपालगन्ज ल्याएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।
तेस्रो खेपमा आएको राहत सामग्री भारतीय दुतावासका प्रथम सचिव नविन कुमारले बाँकेका प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरेका छन् । ‘भारत सरकारले तेस्रो पटक पठाएको आपतकालिन राहत सामग्री विहीवार बेलुका नेपालगन्ज विमानस्थलमा आई पुगेको थिए’ उनले भने, ‘प्राप्त भएको राहत सामग्री बाँके प्रशासनमा जम्मा भएको राहत सामग्री जाजरकोट र रुकुम पश्चिममा विहीवार रातीसम्म पठाइसकेको छ ।’
प्रजिअ पोखरेलका अनुसार भारतले तेस्रो खेपमा २४ थान ठूलो टेन्ट, १२ थान फिटिङ्स टेन्ट, २९ सय थान स्लिपिङ ब्याग, २८ सय थान ब्ल्याङक्ेट, ६० थान सानो खालको टेन्ट, ६० थान फिटिङ्स, सय किलो मेडिकल सप्लाई पठाएको छ ।
त्रिपाल, टारपोलिन सिट, कम्बल, स्लीपिङ्ग ब्याग, अत्यावश्यक औषधी र चिकित्सा उपकरण सहितको ११ टन भन्दा बढी आपतकालीन राहत सामग्रीको पहिलो खेप पठाएको भारतीय राजदुतावासले जनाएको छ ।
राहत सामग्रीमा ६ सय २५ थान प्लास्टिक टारपोलिन र त्रिपाल छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।