भुकम्प पीडितको लागि राहत बोकेको चिनियाँ विमान किन गएको होला पोखरा ?

37 Shares

काठमाडौं । जाजरकोट र रुकुम पश्चिमका भूकम्पमा प्रभावितहरुलाई ब्ल्यांकेट, टेन्ट लगायतका राहत लिएर चिनियाँ जहाज बुधबार नेपाल आयो । जनमुक्ति सेनाका दुई कार्गो जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको साटो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भयो ।

राहत सामग्री हस्तान्तरण कार्यक्रम पनि त्यहीँ भयो । राहत हस्तान्तरणका लागि काठमाडौंमा रहेका चिनियाँ राजदूत चेन सङ बुधबार विहान मात्र पोखरा पुगे । लगतै राहत लिन उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाश काठमाडौंबाटै पोखरा पुगे ।

श्रेष्ठका अनुसार ब्ल्यांकेट, त्रिपाल ट्रकमार्फत जाजरकोट र रुकुम पश्चिम पठाइएको छ । यसका लागि पोखराको तुलनामा काठमाडौं विमानस्थलमा राहत झारेको भए सहज हुने थियो ।

तर चिनियाँ पक्षले नै राहत बोकेको जहाज पोखरामा लैजान चाहेको अधिकारीहरु बताउँछन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौला भन्छन्, ‘काठमाडौंमा यो साता चापमा उडानहरु भइरहेका छन्, सोहीकारण हुनसक्छ, चीनले आफ्ना जहाज पोखरामै उतार्ने निर्णय लियो ।’

काठमाडौंमा दुई कार्गो जहाज उतार्दा पार्किङ वे ओगट्ने र नियमित उडानका जहाजको अवतरण प्रभावित नहोस् भनेर आफूहरुले पनि सहमति दिएको अधिकारीहरु बताउँछन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ ऋण सहायतामा निर्माण भएको हो, तर अहिलेसम्म व्यवसायिक अन्तर्राष्ट्रिय उडान हुन नसकेको छैन । यसअघि भारतीय सेनाको जहाजले नेपालगञ्जमा राहत लिएर अवतरण गरेको थियो ।  भारत र चीनको मोफसलमा भएको यस्तो उडानले अब नेपालमा काठमाडौंको विकल्प तयार छ भन्ने सन्देश दिएको प्रवक्ता निरौलाले बताए । ‘यस्ता पूर्वाधार बनाउनुको उद्देश्य काठमाडौंको विकल्प दिनु हो,’ उनले भने, ‘अझ संकटको बेला यस्ता पूर्वाधार अझ बढी महत्वपूर्ण हुन्छन् ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।