why is zoom not responding on my laptop zoom download cho pc zoom aplikace download download zoom windows 10 64 bit zoom cloud meeting download for pc windows 11 desktop zoom software download zoom health download

चन्दपुरको अशोका होटलबाट २ लाख ७९ रकम सहित ९ जना जुवा पक्राउ

   १६ श्रावण २०७८, शनिबार १८:२८  

तराई टप संवाददाता
रौतहट, १६ साउन । चन्द्रपुर स्थित अशोका होटलमा बसेर जुवा तास खेल्दै गरेको अवस्थामा रौतहट प्रहरीले शनिवार छापा मारेर ९ जनालाई नियन्त्रणमा लिएको छ ।
चन्द्रपुर नगरपालिका स्थित पुर्व पश्चिम राजमार्गमा रहेको अशोका होटलको कोठा नम्वर ३०१ मा जुवा खेलिरहेको जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चन्द्रपुरबाट खटिएको प्रहरी टोलीले उक्त कोठामा शनिवार ११ बजेको समयमा छापा मार्दा जुवा तास खेलिरहेको अबस्थामा गरुडा नगरपालिका वडा नम्वर ४ गरुडा बजार निबासी २५ बर्षिय रामशरण चौरसिया, २४ बर्षिय जय प्रकाश साह, २६ बर्षिय अशोक चौधरी, ३६ बर्षिय हरिष जयसवाल, २२ बर्षिय मुकेश साह, २७ बर्षिय रोहित जयसवाल, ३० बर्षिय जंग बहादुर यादव, २३ बर्षिय उमेश राय, ४२ बर्षिय उपेन्द्र राउत लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।


अशोका होटलको कोठामा जुवा खेल्दै गरेको खालबाट तासको पत्ती ४१२ थान, २ लाख ७९ हजार ६९० बरामद गरिएको जानकारी दिदै रौतहट प्रहरीका एसपी सिद्धिविक्रम शाहले पक्राउ परेकाहरुलाई हिरासतमा राखी आवश्यक अनुसन्धान भईरहेको तथा उनीहरुलाई मुलुकी ऐन अनुसार कानुनी कारवाही गरिने उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै