राष्ट्रिय एकता अभियानद्वारा टिकटक बन्दको स्वागत

रौतहट, २७ कार्तिक । नेपाल सरकारले चिनियाँ स्वामित्वको एप टिकटकलाई प्रतिबन्ध लगायने निर्णयलाई राष्ट्रिय एकता अभियानले स्वागत गरेको छ ।
नेपाली समाजमा अश्लिलता फैलाउनुको साथै गलत संदेशहरुको प्रचार प्रसार बढि भईरहेको मध्यनजर राख्दै राष्ट्रिय एकता अभियानले नेपाल सरकार समक्ष चिनियाँ स्वामित्वको एप टिकटकलाई प्रतिबन्ध लगाउने माँग गरिरहेको अवस्थामा नेपाल सरकारको मन्त्रीपरिषदको बैठ्कबाट चिनियाँ स्वामित्वको टिकटकलाई प्रतिबन्ध लगाउने निर्णयको राष्ट्रिय एकता अभियानले स्वागत गरेको हो ।
चिनियाँ स्वामित्वको एप टिकटकले गलत जानकारी फैलाउन र प्रचार गर्न प्रयोग गरिएको तथा नेपालको लागि सुरक्षा खतरा भएको भन्दै अभियान नेपाल सरकारको सो कदम स्वागतयोग्य रहेको बताएको छ ।
अभियानका केंद्रीय अध्यक्ष विनय यादव द्वारा हस्ताक्षरीत विज्ञप्तिमा “टिकटकलाई चिनियाँ सरकारको प्रचार र गलत सूचना फैलाउने उपकरण भएकोमा टिकटकले गोपनीयताको हकको उल्लन्धन र मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने हुनाले विश्वभरी आलोचित भइरहेका छन् ।”
“त्यती मात्रै नभई टिकटकले नेपाली प्रयोगकर्ताहरूको पनि डाटा संकलन गर्ने गरेको हुँदा नेपाली सुरक्षामा समेत खतरा उत्पन्न भइरहेको अवस्थामा नेपाल सरकारको यस्तो निर्णयबाट नेपाली समाजलाई जोगाउने अभियानको रुपमा सावित हुने अभियानले ठहर गरेको छ ।”
अभियानले नेपाल सरकारलाई चिनियाँ प्रभावबाट जोगाउन थप कदम चाल्दै नेपाल लागि सुरक्षा खतरा रहेको अन्य चिनियाँ एपहरूमाथि पनि प्रतिबन्ध लगाउन समेत विज्ञप्तीको माध्यमबाट अभियानको अध्यक्ष विनय यादवले आग्रह गरे ।