भ्रष्टाचार विरुद्ध आईटी आर्मीको रौतहटमा वृहद मोटरसाइकल रयाली प्रदर्शन

   १६ श्रावण २०७८, शनिबार १९:१४  

तराई टप संवाददाता
रौतहट, १६ साउन । आइटी आर्मी नामक युवा संगठनले रौतहटमा शनिवार वृहद मोटरसाइकल र्याली प्रदर्शन गरेका छन् ।
नेकपा माओवादी छाडेर एमालेमा प्रवेश गरेका युवा नेता प्रभु साहले आफनो अस्तित्व एवं पहिचानलाई कायम राख्ने उद्देश्यबाट चिरञ्जीवी प्रसाद साहको अध्यक्षतामा गठन गरेको आइटी आर्मीले रौतहट जिल्लामा वृहद मोटरसाइकल र्यालीको आयोजना गरी आफनो उस्थिति दर्ज गराएका हुन् ।
आइटी आर्मीले रौतहट जिल्लाको विभिन्न पालिकाहरुमा व्याप्त रहेको भ्रष्टाचार, संकुचित न्याय प्रणाली, बजेट अपादर्शीता लगायतका कार्यहरुमा सुधार उन्मुख बनाउने उद्देश्यबाट खबरदारी गर्दै जनताहरुलाई स्थानीय तहबाट प्रदत हुने सेवा सुविधालाई सहज रुपमा प्रदान गर्ने रहेको बताइएको छ ।
आइटी आर्मीका संयोजक चिरञ्जीवि प्रसाद साहको नेतृत्वमा गरुडा नगरपालिकाबाट शनिवार दिउसो सुरु भएको मोटरसाइकल र्याली गुजरा नगरपालिका हुँदै फतुवा विजयपुर, कटहरिया, देवाही गोनाही , मौलापुरमा गएर र्याली सम्पन्न भएका थिए । उक्त र्यालीमा करिव ३ हजार भन्दा बढी मोटरसाइकल चालकहरुको सहभागिता रहेको बामपंथी युवा नेता उपेन्द्र साहले जानकारी दिए ।


साहका अनुसार विभिन्न पालिकाहरुमा राज्यबाट आउने रकमको व्यापक दुरुपयोग भईरहदा आइटी आर्मीले समय समयमा सचेतना गराउदै अनियमितता कार्यलाई नियन्त्रणको प्रयास गर्ने यदी सो अनुरुप भएन भने कानुनी कारवाही गराउने सरकार संग माग गर्दै कठोर कदम उठाउने उनले स्पष्ट पारे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै