एस जयशंकरले वेलायती प्रधानमन्त्री सुनक र अक्षता मूर्तिलाई दिपावलीको शुभकामना दिएको तस्विरहरू सतहमा

   २८ कार्तिक २०८०, मंगलवार ०९:५०  

बेलायत, एजेन्सी । भारतीय विदेशमन्त्री संगै उनकी श्रीमतीले दिपावलीको अवसरमा बेलायतका प्रधानमन्त्री र उनकी श्रीमतीलाई फोनबाट दिपावलीको शुभकामना संदेश दिएको तस्वीरहरु यतिखेर समाजिक संजालमा सतहमा छाएका छन् ।
हिन्दुहरुको महान पर्व दिपावलीको अवसरमा बेलायतमा रहनु भएका भारतीय विदेशमन्त्री एस जयशंकरले बेलायतका प्रधानमन्त्री ऋषि सुनक र उनकी पत्नी अक्षता मूर्तिलाई फोन गरेर शुभकामना दिएको तस्बिरहरू साझा गरेका हुन् ।
एस जयशंकरकी पत्नी क्योको जयशंकरलाई पनि सुनक र मूर्तिले लन्डनमा उनको आधिकारिक निवासमा होस्ट गरेका थिए । भेटमा मन्त्रीले सुनकलाई विराट कोहलीले हस्ताक्षर गरेको ब्याट पनि दिएका थिए ।
स्मरणीय छ की, बेलायती प्रधानमन्त्री ऋषि सुनक हिन्दु समुदायको व्यक्ति भएको हुँदा बेलायतमा पनि आफनो धर्म संस्कृतिलाई पूर्ण रुपमा पालना गर्दै आएका छन् । अंग्रजहरुको देशमा हिन्दु प्रधानमन्त्री ऋषिको कार्यशैलीबाट पश्चिमा देशमा हिन्दु धर्मसंस्कृति प्रति मानिसहरुको जागरुकता बढ्दै गएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै