न्युजिल्यान्डलाई हराउदै भारत आईसीसी विश्वकपको फाईनलमा प्रवेश

   २९ कार्तिक २०८०, बुधबार २३:३३  

मुम्बई, २९ कार्तिक । भारत आईसीसी विश्वकपको सेमिफाइनलमा न्युजिल्यान्डलाई हराउँदै उपाधिको लागि फाईनलमा प्रवेश गरेका छन् ।

मुम्बईको वाणखडे क्रिकेट मैदानमा भारतीय क्याप्टेन रोहित शर्माले टस जितेर ब्याटिङ रोजे । जुुन फैसला सहि साबित भए । निर्धारित ५० ओभरको खेलमा भारतले ४ विकेटको क्षतिमा ३९७ रनको विशाल लक्ष्य न्युजिल्यान्ड समक्ष प्रस्तुत गरे । जसमा ११७ रनको योगदान विराट कोहली, १०५ श्रेयस अईयरले बनाए । प्रतिउत्तर न्युजिल्यान्ड ४८.५ ओभरमा अलआउट हुँदै ३२७ रन मात्रै  बनाए । न्युजिल्यान्डका लागि क्याप्टेन  विलिएम्सन र मिचेल मिलेर भारतलाई हराउने अभियानमा जुटका न्युजिल्यान्ड आफै विश्वकपबाट बाहिरिएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै