मिठुअवा गाउँमा आजपाको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

रौतहट, ३० कार्तिक । आम जनता पार्टीले रौतहटको माधवनारायण नगरपालिकाको मिठुअवामा हिन्दुहरुको महान पर्व दिपावली, छठको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेर स्थानीयहरु बीच शुभकामना साटासाट गरेका छन् ।
माधवनारायण नगरपालिका वडा नम्वर ५ मिठुअवामा विहिवार आजपाद्धारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै आम जनता पार्टीका राष्टिय अध्यक्ष प्रभु साहले मुलुकमा कानुनी राज्यको पालना गर्ने गराउने सत्तारुढ दल र प्रतिपक्ष नरहेको अवस्थामा देश द्वन्द तर्फ उन्मुख भईरहेकोमा चिन्ता व्यक्त गरे ।
अहिले तराई मधेशका जिल्ला सहित देशबासी चाँडपर्वमा रहेको हुँदा सम्पूर्ण नागरिक प्रति सभ्य र भव्य रुपमा पर्व मनाउन शुभकामना दिए । सो कार्यक्रममा पार्टीका महासचिव उपेन्द्र साहले उपस्थित जनसमुदायलाई तिहार, छठीमाताको कृपाबाट तपाईहरुको जीवनमा खुशीयाली छाओस, तपाईहरुको प्रगति होस र तपाईहरुको आउने दिन पनि सुखमय होस भन्दै शुभकामना दिए ।
उलेख्य संख्यामा स्थानीय बासिन्दाहरुको उस्थिति रहेका शुभकामना आदानप्रदान कार्यक्रममा मौलापुर नगरपालिकाको नगरप्रमुख रिनाकुमारी साह, माधवनारायण नगरपालिकाको पूर्ण उपप्रमुख सिमल साह सहित आजपाको शिर्ष नेताहरुको उस्थिति रहेको थियो ।